मिति : २०७४ मंसिर ९, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलेन ‘जग्गा जासूस’

एजेन्सी, मुम्बई, 2017/07/17
अनुराग बासुको फिल्म ‘जग्गा जासूस’ले बक्स अफिसमा खासै कमाल गर्न सकेको छैन । फिल्मले रिलिजको पहिलो दिन ८.५७ करोडको विजनेश गरेको थियो भने दोस्रो दिन ११.५३ करोडको विजनेश गर्न सफल रह्यो । फिल्मले तेस्रो दिन १३.०७ करोड कमाएको छ । यो सबै मिलाएर फिल्मले तीन दिनमा कूल ३३.१७ करोडको विजनेश गरेको छ । यसलाई बलीउड पण्डितहरुले कमजोर व्यापार मानेका छन् । 
 
फिल्म ट्रेड एक्सपर्ट्सका अनुसार ‘जग्गा जासूस’ ले तीनदिनमा ५० देखि ६० करोडको आम्दानी गरिसक्नु पर्ने थियो । यो फिल्मको लागत लगभग ११० करोड रहेको छ । यो फिल्मले अहिलेसम्म आफ्नो कास्ट अफ प्रोडक्शनको ५० प्रतिशत कमाई पनि उठाउन सकेको छैन । 
 
फिल्मको मेकिङमा अनुरागलाई लगभग ४ वर्ष लागेको थियो । फिल्मका लीड एक्टर्स रणबीर कपूर र कटरीना कैफको ब्रेकअपले पनि यसलाई ठूलै असर पुगेको छ । ‘जग्गा जासूस’ फिल्म समीक्षकको नजरमा पनि खरो उत्रिनबाट चुक्यो । यो फिल्मलाई सिद्धार्थ रोय कपूर, रणबीर कपूर र अनुराग बासुले संयूक्त रुपमा निर्माण गरेका थिए ।