मिति : २०७४ श्रावण ८, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

चार नायिकासँग दिनेश गर्दैछन् रोमान्स

फिल्मीखबर, काठमाण्डौ, 2017/07/17
झण्डै दर्जन फिल्म खेलिसकेपनि सफलता हात नपारेका नायक दिनेश केसी एक अनटाइटल प्रोजेक्टमा अनुवन्धित भएका छन् । दोलखा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको यो फिल्ममा उनले चार नायिकासँग रोमान्स गर्दैछन । २०६७ सालदेखि यो रंगीन दुनियाँमा प्रवेश गरेका नायक केसीले बल्ल आएर एक राम्रो व्यानरमा जोडिने मौका पाएको बताए । 
 
छिट्टै फ्लोर जाने भनिएको यो फिल्म विशुद्ध प्रेमकथामा आधारित रहनेछ । हाल नायिका छनौटको क्रममा रहेको फिल्म निर्माण संस्था दोलखा फिल्मस्ले जनाएको छ । 
 
राजाराम दाहालको ‘नेपथ्य’, विवेक सापकोटाको ‘निशाफ’ ऋषि न्यौपानेको क्रमश चार फिल्म ‘झमेला’, ‘लाले’, ‘वादशाह’ र ‘खतरनाक’ मा काम गरिसकेका दिनेशको शीर्ष भूमिकामा निर्माण हुन लागेको फिल्मलाई बेल्जियम निवासी एक नेपाली नागरिकले निर्माण गर्न लागेका हुन् । 
 
फिल्मको काठमााडौं, थाइल्याण्ड, सिंगापुर हुँदै यूरोपका विभिन्न रमणीय देशहरुमा छायांकन गरिनेछ । ४ नायिकामा एक भने थाइल्याण्डको थाई कलाकार रहने पक्का भएको निर्माण संस्थाले जनाएको छ ।  फिल्ममा एक लभर ब्वाईको भूमिका नायक दिनेशले निर्वाह गर्दैछन् ।