मिति : २०७४ मंसिर ९, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘संरक्षण’को प्रिमियर चितवनमा हुने

फिल्मीखबर, काठमाण्डौ, 2017/07/17
साउन २७ गतेबाट प्रदर्शनमा आउन लागेको निखिल उप्रेती र सौगात मल्ल स्टारर फिल्म ‘संरक्षण’को चितवनमा रेड कार्पेट प्रिमियर हुने भएको छ । लक्की मिडिया हाउस चितवनको आयोजनामा यही साउन २५ गते नारायणघाटको क्यूएफएक्स जलमा कलाकारहरुको साथमा भब्य रेड कार्पेट प्रिमियर शो हुन लागेको हो । 
 
रेड कार्पेट प्रिमियर शोमा फिल्म ‘संरक्षण’का कलाकारसँगै अन्य राष्ट्रिय कलाकारहरुलाई पनि सम्मान गरिने मिडिया हाउसका अध्यक्ष हरि कार्की 'लक्की'ले जानकारी दिए । फिल्म ‘संरक्षण’ले मधेशको कथा बोल्छ । फिल्ममा निखिल र सौगात दुवै प्रहरीको भूमिकामा छन् । 
 
पूर्णेन्द्रकुमार झाले निर्देशन गरेको फिल्ममा निखिल उप्रेती, सौगात मल्ल, कामेश्वर चौरासिया, मलिना जोशी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको छ । फिल्मलाई प्रदिपकुमार उदय र नरेन्द्र महर्जनले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
 
फिल्ममा परवेश मल्लिकको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन छ । राजनीति, क्राइम, पत्रकारिता, राजनीतिज्ञ लगायतको कथालाई एकसाथ यो फिल्ममा उतारिएको छ ।