मिति : २०७४ श्रावण ८, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सायद २’बाट अमृतले देखाए संभावना

फिल्मीखबर, काठमाण्डौ, 2017/07/17
शुक्रवारबाट अल नेपाल प्रदर्शनमा आएको फिल्म ‘सायद २’ ले अहिले सुखद विजनेश गरिरहेको छ । २०६९ सालमा प्रदर्शनमा आएको फिल्म ‘सायद’को नेम सिक्वेल ‘सायद २’ लाई विशेषत यूवापुस्ताका दर्शकहरुले निकै रुचाएका छन् । व्यापारमा फिल्म 'म यस्तो गीत गाउँछु'भन्दा केही कमजोर रहेपनि ‘सायद २’ को कथावस्तु र कलाकारको अभिनयलाई भने दर्शकहरुले खूबै रुचाएका छन् । 
 
यो फिल्म हेर्नु भएको छ भने तपाईहरुले सबैभन्दा धेरै 'मायाको छोरो' अर्थात अमृत ढुंगानालाई दिमागमा राखेर हलबाट निस्किनु हुन्छ । किनकी फिल्ममा अमृतको अभिनयले सबैको मन जितेको छ । एक यूवती पाउनका लागि तीन यूवाले गरेको संघर्ष फिल्ममा देखाइएको छ । फिल्मको सुरुवातमा चुलबुले यूवकको भूमिका निर्वाहा गरेका अमृत पछि भिलेन बनेर उत्रिएका छन्, जसले सबैलाई आश्चर्यमा पार्छ । अमृतले बोल्ने 'मायाको छोरो' संवादले दर्शकलाई हाँसोको कमी हुन दिन्न । 
 
हुनत, अमृत नेपाली युवापुस्तामाझ परिचित अनहार हो । उनले युट्युबमा रिलिज हुने दर्जनौं सर्ट फिल्महरुमा अभिनय गरेका छन् । युट्युबबाटै राम्रो फ्यान क्रेज बनाएका अमृतले यो फिल्मबाट सबैभन्दा बढी संभावना देखाएका छन् । 
 
अमृतको अभिनय र संवाद शैली राम्रो छ । हुनत, अमृतले सुधार गर्न अझै पनि धेरै बाँकी छ । तर, तपाइले यो फिल्म हेर्ने एउटा कारण, अमृत पनि हुन सक्छन् । अब केहि मिहिनेत गरेको खण्डमा उनलाई नेपाली फिल्मले संभावना बोकेकी कलाकारको रुपमा हेर्न सक्नेछ ।  
 
सुनिल रावलले निर्माण गरेको यो फिल्ममा सुशील श्रेष्ठ, निशा कार्की, स्यारोन श्रेष्ठ, अमृत ढुङ्गाना, कुशल पाण्डे तथा निर्माता सुनिल रावलको समेत अभिनय छ । 
 
फिल्ममा सुनिलसँग ईश्वर श्रेष्ठ र सुवास लामिछाने निर्माणमा सहकार्य गरेका छन् । हेमदेव गौतम र कृष्ण प्रधान पनि सह–निर्माताको रुपमा छन् ।  फिल्मलाई पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन् ।