मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(14 votes, avg 3.14/5.00)
Text size:-
+
-

‘म यस्तो गीत गाउँछु’को दुईदिने कलेक्सन कति ?

फिल्मीखबर, काठमाण्डौ, 2017/07/16
 
गएको शुक्रवारबाट अल नेपाल प्रदर्शनमा आएको पल शाह र पूजा शर्मा अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु’ले रिलिजको पहिलो दिनदेखि नै सुखद व्यापार गरिरहेको छ । शुक्रवारको तुलनामा शनिवार फिल्म हेर्ने दर्शकको संख्या ह्वात्तै बढेको थियो भने आइतवार पनि दर्शकको भिड कम नभएको वितरकले बताएका छन् । 
 
काठमाडौं बाहिर फिल्म वितरणको जिम्मा लिएका मनोज राठीले फिल्मीखबर डटकमसँग कुराकानी गर्दै ‘म यस्तो गीत गाउँछु’को दुईदिने कलेक्शन ६० लाख ग्रस रहेको जानकारी दिए । उनले भने, 'शुक्रवारदेखि आइतवार दिउँसोसम्म मोफसलका प्रत्येक सिनेमा हलहरु हाउसफूल छन् । साधारणतया आइतवारबाट फिल्मको व्यापारमा गिरावट आउन थाल्छ तर ‘म यस्तो गीत गाउँछु’मा शुक्रवारभन्दा आइतवार झन दर्शकको चाप बढेको छ ।' राठीका अनुसार, फिल्मलाई आइतवारबाट धेरै ठाउँमा हल पनि थपिएका छन् । 
 
यस्तै, ‘म यस्तो गीत गाउँछु’बाट फिल्म वितरणमा समेत हात हालेकी नायिका रेखा थापाले शुक्रवार र शनिवार गरि फिल्मले राजधानीबाट १ करोड २० लाख ग्रस कलेक्शन गरेको जानकारी दिइन् । रेखाले भनिन्, 'शुक्रवार र शनिवार ‘म यस्तो गीत गाउँछु’ राजधानीका मल्टिप्लेक्स र सिंगल हल सबैतिर हाउसफूल थिए । सयौं दर्शकहरु टिकट नपाएर फर्किए पनि । आइतवार पनि सबै हल हाउसफूल भएको जानकारी पाएको छु ।' उनका अनुसार, आइतवार पनि गोपीकृष्णको ठूला ४ वटा हल हाउसफूल छन् । अष्टनारायण र गुणमा पनि दर्शकको चाप उतिक्कै रहेको रेखाले बताइन् । 
 
मोफसल र राजधानी गरि ‘म यस्तो गीत गाउँछु’ले दुई दिनमा १ करोड ८० लाख ग्रस विजनेश गरेको फिल्म वितरकको व्यापारिक रिपोर्ट बताउँछ । हिजो शनिवार गोपिमा रहेका ७ पर्दाहरु मध्ये ‘म यस्तो गीत गाउँछु’ ५ वटामा लागेको हो । बालाजुको अष्टनारायण हलमा भने फिल्मले रेकर्ड नै बनाएको छ । हिजो शनिवार अष्टनारायणको ३ बजेको शोमा हलमा भएका चारवटै पर्दाहरु हाउसफूल भएका थिए । 
 
फिल्म हेर्ने दर्शक मल्टिप्लेक्मा पनि उतिक्कै छन् । शुक्रवार र शनिवार क्यूएफएक्स अन्तर्गतका हलमा ५ शो पाएको ‘म यस्तो गीत गाउँछु’ले सोमवारबाट १० शो पाउने भएको छ । स्रोत भन्छ, 'हिजो शनिवार साँझ ६ बजेको शोमा क्यूएफएक्स सिभिल हलमा हलीउड फिल्म 'स्पाइडर म्यान'को सट्टामा अत्याधिक डिमाण्ड भएपछि ‘म यस्तो गीत गाउँछु’ देखाएका थियौं । क्यूएफएक्स अन्तर्गतका सबै हलमा प्रदर्शनको पहिलो दिन ८० प्रतिशत, दोस्रो दिन सय र तेस्रो दिन अर्थात आज आइतवार फिल्मको ६० प्रतिशत अकुपेन्सी छ ।'
 
फिल्मका मुख्य कलाकारहरु पल शाह, पूजा शर्मा, राजाराम पौडेल, निर्देशक एवं निर्माता सुदर्शन थापा लगायत शुक्रवारदेखि राजधानीका हल-हलमा गएर दर्शकको प्रतिक्रिया लिइरहेका छन् । 
 
वर्ष २०७२ मा रिलिज भएको फिल्म 'प्रेमगीत'मा समावेश शिर्ष गीत सापटी लिएर निर्माण भएको फिल्म 'म यस्तो गीत गाउँछु'लाई 'प्रेमगीत' फेम निर्देशक सुदर्शन थापाले निर्माण र निर्देशन गरेका हुन् । फिल्ममा पल शाह, पूजा शर्मा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, विक्रम सेन, अर्जुन गुरुङलगायत कलाकारको अभिनय रहेको छ । 
 
सञ्जय लामाको छायांकन रहेको फिल्ममा प्रितम पाण्डेको सम्पादन छ । निर्देशक सुदर्शन थापाले दिनेश न्यौपानेसँगको सहकार्यमा पटकथा लेखेको हुन् । यो फिल्मलाई सुदर्शन र पूजाले संयुक्त निर्माण गरेका हुन् ।