
फिल्म ‘बाहुबली’ मा मुख्य भूमिका निर्वाहा गरेपछि अभिनेत्री अनुष्का सेट्टीको चर्चा अहिले खुबै छ । केहीदिन अगाडि एउटा खबर बाहिरिएको थियो कि आवश्यकभन्दा धेरै तौल बढाएपछि ‘बाहुबली’ फेम अभिनेता प्रभास अभिनित फिल्म 'साहो'बाट उनी बाहिरिएकी छिन् । तर, यसबारेमा आधिकारिक पुष्टी भने भएको छैन ।
दर्जनौ सफल फिल्ममा काम गरिसकेकी अनुष्का २ मिलियन डलर अर्थात १४० करोड भारतीय रुपैंयाको बराबरको सम्पत्तिको मालिक्नी रहेको नेटवर्थिएर डटकमको रिपोर्टले बताएको छ । रिपोर्टका अनुसार, अनुष्काको हैदरबादको जुबली हिल्सस्थित वुड्स अपार्टमेन्टको छैठौं तलामा आलिसान घर छ । अनुष्का हाल एक फिल्मको लागि ४ देखि ५ करोड भारु पारिश्रमिक लिने गर्छिन् ।
यस्तै, लक्जरी कारको सौखिन अनुष्काको साथमा केही नाम चलेका महंगा ब्रान्डका कार छन् । अहिले उनीसँग बिएमडब्ल्यु ६, अडी ए६, अडी क्यु५, र टोयोटा कोरोला जस्ता लक्जरी कार छन् । अनुष्का सेट्टीले एक पटक आफ्नो ड्राइभरलाई १२ लाख रुपैंयाको कार गिफ्ट दिएकी थिइन् ।
अनुष्काको हातमा एमबिएस ज्वैलर्स, द चेन्नई सिल्क, इन्टेक्स मोबाईल, कोलगेट एक्टिभ साल्ट र डाबर अमला जस्ता ठूला ब्रान्डका विज्ञापन छन् । जसबाट उनले करोडौं आम्दानी गर्ने गरेकी छिन् ।
कैयौं तमिल र तेलगु फिल्म काम गरिसकेकी अनुष्काको खास नाम स्वीटी सेट्टी हो । ७ नोभेम्बर १९८१ मा जन्मिएकी अनुष्काले २००५ मा रिलिज भएको तेलगु फिल्म 'सुपर'बाट डेब्यु गरेकी थिइन् । ३४ वर्षिया अनुष्काले ‘बाहुबली’सँगै बिक्रमाकुडु, अरुन्धति, वेदम, रुद्रमादेवी र सिंघम जस्ता हिट फिल्ममा काम गरिसकेकी छिन् ।

