मिति : २०७४ श्रावण ८, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘अजम्बरी माया’ लाउँदै आशिरमान र आना

फिल्मीखबर, काठमाण्डौ, 2017/07/16
भाद्र २ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको आशिरमान देशराज श्रेष्ठ र आना शर्मा अभिनित फिल्म ‘ग्याङस्टार ब्लूज’ को रोमान्टिक गीत रिलिज भएको छ । गीतमा आशिरमान र आनाले अजम्बरी माया गर्ने वाचा गरेका छन् । गीतमा कालिप्रसाद बास्कोटा र मेलिना राइको आवाज रहेको छ भने कालिप्रसादकै संगीत, कालिप्रसाद र सविन एकतारेको शब्द छ ।
 
फिल्म 'होस्टेल'बाट निर्देशनमा डेब्यू गरेका हेमराज बीसीले निर्देशन गरेको ‘ग्याङस्टार ब्लूज’मा आशिरमानलाई एंग्री योङम्यानको लुक्स प्रस्तुत गरिएको छ । 
 
यो फिल्ममा आना शर्मा, आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको अभिनय छ । मनिष पण्डित कार्यकारी निर्माता रहेका फिल्ममा सरोज न्यौपाने र हेमराज बीसी निर्माताको रुपमा रहेका छन् ।  
 
यस फिल्मबाट डेब्यु गरेका अभिनेता आशिरमानलाई फिल्म क्षेत्रका लागि राम्रो सम्भावना बोकेका अभिनेताका रूपमा लिइएको छ ।