मिति : २०७४ मंसिर ५, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बागमती सफा गर्दै प्रेम र गीत

फिल्मीखबर, काठमाण्डौ, 2017/07/15
मोफसल दौडाहा सकेर काठमाडौं फर्किएको साउन १३ गते रिलिज हुन लागको फिल्म ‘प्रेमगीत २’ यूनिटले बागमती सरसफाई अभियानमा पनि हात अगाडि बढाएको छ । केही दिन अगाडि मात्र मोफसलका विभिन्न जिल्लाहरुमा सांगीतिक कन्सर्ट आयोजना गरेको ‘प्रेमगीत २’ टोलीले शनिवार त्रिपुरेश्वर स्थित बागमती नदी किनारामा सरसफाई गरेको छ । बागमती सरसफाई अभियानमा ‘प्रेमगीत २’ का नायक प्रदीप खड्का, नायिका अश्लेषा ठकुरी, निर्माता एवं कलाकार सन्तोष सेन, निर्देशक रामशरण पाठक लगायत सहभागी थिए । 
 
२१८ औं हप्ता चलिरहेको बागमती सफाई अभियानमा ‘प्रेमगीत २’ यूनिटले पनि साथ दिएको हो । बागमती सरसफाई अभियानमा नायिका मनीषा कोइराला, गायिका कोमल ओली, हास्यकलाकार सितारम कट्टेल लगायत पनि सहभागी भएका थिए । 
 
 
रामशरण पाठक निर्देशित फिल्म आशुसेन फिल्मसको ब्यानरमा बनेको हो। 'प्रेमगीत २' मा प्रदीप खड्का, अश्लेषा ठकुरी, कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायतका कलाकारहरुको मुख्य भूमिका छ । 
 
फिल्ममा रेनेशा वान्तवा राईको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध, कल्याण सिंह, एलिस कार्की र रोहित जोन क्षेत्रीको संगीत छ ।