मिति : २०७४ मंसिर ५, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

राजनराजको ह्याट्रिक, ‘कुटुमा कुटु’ले पायो करोड भ्यू

फिल्मीखबर, काठमाण्डौ, 2017/07/15
हलीउड र बलीउड फिल्मका गीतले रिलिज भएको एक हप्ता पनि ननाघ्दै युट्युबमा करोड भ्यू पाउँछन् । अहिले नेपालमा पनि राम्रै बजार पिटेका गीतहरुले युट्युबमा करोड भ्यू पाउनु सामान्य बन्दै गएको छ । 'वडा नम्बर ६' को 'सुर्के थैली खै', 'छक्का पन्जा'को 'पूर्व पश्चिम रेल', 'लुट २' को 'ठमेल बजार' र यस वर्ष रिलिज भएको फिल्म 'पर्व'को 'काले दाई' बोलको गीतले युट्युबमा करोड भ्यू पाइसकेका छन् । यस्तै, यस बर्षको भाद्र २३ गतेबाट रिलिज हुन लागेको फिल्म 'दुई रुपैयाँ'को 'कुटुमा कुटु' बोलको गीतको भिडियोले पनि युट्युबमा करोड भ्यू पाएको छ । 
 
युट्युबमा रिलिज गरिएको एक महिनामा यो गीतले करोड भ्यू पाएको हो । कम समयमा करोड भ्यू पाउने यो पहिलो गीत पनि बनेको छ । ६४ हजार बढी लाइक पाएको यो गीतलाई साढे ४ हजार डिसलाइक मिलेको छ । असिम शाहको निर्देशनमा तयार भएको यो फिल्मको लोक लयमा आधारित गीतमा निर्देशक निश्चल बस्नेत, आशिफ शाह र नायिका स्वस्तिमा खड्काले नृत्य गरेका छन् । 
 
गीतमा राजनराज सिवाकोटीको शब्द, संगीत र स्वरमा राजनराजलाई मेलिना राई र राजन ईशानले साथ दिएका छन् । यसअघि राजनराजकै संगीतमा बनेको 'सुर्के थैली खै' र 'पूर्वपश्चिम रेल' गीतले युट्युबमा करोड भ्युज पाइसकेका छन् । यी तीनवटै गीतका एरेन्जर राजन ईशान हुन्। 'कुटुमा कुटु'सँगै राजनराजले युट्युबमा करोड भ्यू पाउन सफल गीतमा ह्याट्रिक मारेका छन् । 
 
यो कमेडी फिल्ममा आशिफ र निश्चल मिल्ने साथी हुन्छन् । यी दुई मिल्ने साथीहरु यात्रामा निस्किँदा आइपर्ने समस्या र समस्याबाट उम्कन खोज्दा आइपर्ने अनेक समस्याको वरिपरी फिल्मको कथा घुमेको छ । ए जि टु वान प्रोडक्शन प्रा.ली र ब्ल्याक हर्स प्रा.लीले फिल्म निर्माण गरेको हो ।