मिति : २०७४ मंसिर ९, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

पललाई देख्दा रसाए यूवतीका आँखा, पूजा फुरुङ्ग

फिल्मीखबर, काठमाण्डौ, 2017/07/15
हिजो शुक्रवारबाट अल नेपाल प्रदर्शनमा आएको फिल्म ‘म यस्तो गीत गाउँछु’ले अहिले दर्शकहरुबाट उत्कृष्ट प्रतिक्रिया बटुलिरहेको छ । फिल्मका मुख्य कलाकार पल शाह र पूजा शर्माको जोडीको चर्चा पनि अहिले चौतर्फी छ । प्रदर्शनको पहिलो दिन नै बम्पर ओपनिङ गरेको फिल्मले दोस्रो दिन शनिवार पनि लोभलाग्दो दर्शक पाएको छ । निर्माता एवं निर्देशक सुदर्शन थापाले शनिवार पनि फिल्म सबैतिर हाउसफूल रहेको बताए । 
 
प्रदर्शनको पहिलो दिनदेखि हल-हलमा पुगेर पल र पूजाले दर्शकको प्रतिक्रिया लिइरहेका छन् । हलमा पुगेका पल र पूजालाई सयौं दर्शकहरुले घेर्दै सेल्फी खिच्न भ्याए भने पललाई देख्दा यूवतीका आँखा रसाएका थिए । पूजा पनि फिल्मबाट पाएका प्रतिक्रियाबाट गदगद देखिन्थिइन् ।
 
पल भन्छन्, 'मैले सोचेको भन्दा पनि राम्रो प्रतिक्रिया पाएको छु । मेरो अभिनयलाई दर्शकहरुले रुचाइदिनु भएको छ । मसँग खुशी व्यक्त गर्ने शब्द नै छैन ।' यस्तै, नायिका पूजा शर्मा 'प्रेमगीत'भन्दा पनि 'म यस्तो गीत गाउँछु' राम्रो भन्ने दर्शकहरुबाट पाएको प्रतिक्रियाले फुरुङ्ग थिइन् । 
 
 
वर्ष २०७२ मा रिलिज भएको फिल्म 'प्रेमगीत'मा समावेश शिर्ष गीत सापटी लिएर निर्माण भएको फिल्म 'म यस्तो गीत गाउँछु'लाई 'प्रेमगीत' फेम निर्देशक सुदर्शन थापाले निर्माण र निर्देशन गरेका हुन् । फिल्ममा पल शाह, पूजा शर्मा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, विक्रम सेन, अर्जुन गुरुङलगायत कलाकारको अभिनय रहेको छ । 
 
सञ्जय लामाको छायांकन रहेको फिल्ममा प्रितम पाण्डेको सम्पादन छ । निर्देशक सुदर्शन थापाले दिनेश न्यौपानेसँगको सहकार्यमा पटकथा लेखेको हुन् । यो फिल्मलाई सुदर्शन र पूजाले संयुक्त निर्माण गरेका हुन् ।

भिडियो हेर्नुस्