मिति : २०७४ मंसिर ५, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विराज भट्ट : नेपालदेखि भोजपुरी फिल्मसम्मको यात्रा

फिल्मीखबर, काठमाण्डौ, 2017/07/15
नेपालको कैलाली जिल्लाको धनगढीमा जन्मिएका नेपाली फिल्मका एक्सन सुपरस्टार विराज भट्ट अहिले नेपालीभन्दा बढी भोजपुरी फिल्ममा सक्रिय छन् । झण्डै ५ वर्षपछि गएको गर्ष रिलिज भएको फिल्म 'जय परशुराम'मार्फत उनले नेपाली फिल्ममा कमब्याक गरेका थिए । यो फिल्मपछि उनीले कुनै पनि नेपाली फिल्म साइन गरेनन् । 
 
अब नेपाली फिल्म पनि निरन्तर गर्ने वाचा गरेका विराज चाँडै फिल्म 'हर्के राजा'मार्फत पर्दामा देखिँदैछन् । संभवतः उनी अभिनित यो फिल्म साउनको अन्तिम साताबाट फ्लोरमा जाँदैछ । नेपालमा जन्मिएपनि भारतसँग जोडिएको जिल्ला भएका कारण विराजले आफ्नो अध्ययन उत्तराखण्डको देहरादूनबाट गरेका थिए । विराजले वाल्यकालदेखि नै फिल्ममा अभिनय गर्ने सोच बनाएका थिए । 
 
वाल्यकालदेखि नै उनी हिन्दी फिल्महरु हेर्ने गर्थे । ठूलो भएपछि उनले आफ्नो वाल्यकालको सपना पूरा गरे । नेपाली फिल्ममा राम्रै जमिरहेको बखत उनलाई भोजपूरी फिल्मबाट अफर आयो । एक भोजपुरी फिल्म मेकर रमाकान्त प्रसादले आफ्नो फिल्ममा उनलाई साइन गरे । त्यसपछि झण्डै ५ वर्ष विराजले नेपाली फिल्मलाई चटक्कै माया मारे । 
 
अध्ययनको क्रममा विराजले उत्तराखन्डको देहरादूनमा मार्शल आर्ट पनि सिकेका थिए । नेपाली फिल्म 'अग्निपथ' विराजको पहिलो फिल्म हो । विराजले झण्डै ८० भन्दा बढी नेपाली फिल्ममा काम गरेका छन् । यस्तै, उनको पहिलो भोपजुरी फिल्म  ‘लागल रहऽ ए राजा जी’ थियो । यो फिल्ममा विराजसँग दिनेशलाल यादव निरहुआ पनि मुख्य भूमिकामा थिए । यो फिल्म सुपरहिट भएको थियो । 
 
विराजलाई भोजपुरी फिल्ममा एक्सन स्टारको रुपमा चिन्ने गरिन्छ । एक अन्तर्वार्ताको क्रममा विराजले भनेका छन्, 'मेरो फेभरेट हीरो मिथुन चक्रवर्ती हुन । भोजपुरी फिल्ममा मलाई पाखी हेगडे र रानी चटर्जीसँग काम गर्न राम्रो लाग्छ ।' भोजपुरी फिल्ममा दिनेशलाल यादवसँग विराजको जोडी सुपरहिट मानिन्छ । यी दुईले अहिलेसम्म दर्जनौ हिट फिल्म दिएका छन् । विराजले रवि किशन, पवन सिंह जस्ता भोजपुरी स्टारसँग पनि काम गरेका छन् । 
 
बाटूली, हिम्मत, हिम्मत २, मैले भूल्नै सकिन, अल्झेछ क्यारे पछ्यौरी, अग्नि ज्वाला, तोड, जंगभूमी जस्ता नेपाली फिल्ममा काम गरेका विराजलाई एकसमय अर्का एक्सन नायक निखिल उप्रेतीको प्रतिद्धन्द्धी मानिन्थ्यो तर विस्तारै निखिलले उनलाई पछाडि छाड्दै गएका छन् । झण्डै ५ वर्ष हराउनुले पनि विराजलाई अहिले फेरि नेपाली फिल्ममा जम्न खुबै कसरत गर्नु परेको छ । नेपाली फिल्ममा गज्जबकै मागका बीचपनि भोजपुरी फिल्ममा जाँदा उनलाई पैसाको लोभले तानेको आरोप पनि लगाए तर उनी यो स्वीकार गर्न तयार छैनन् ।
 
विराजले दुश्मनी, दिलजले, दामिनी, दाग’, ‘हम हईं हीरो हिंदुस्तानी’, ‘दामिनी’ तथा ‘जाबांज जिगरवाले’, ‘ओढ़निया तान के’, ‘प्यार करे ला हिम्मत वाला’, ‘दिलजले’, ‘होत बा जवानी अब जियान ए राजा जी’, ‘कैसन पिया के चरित्र बा’ जस्ता भोजपुरी फिल्ममा काम गरेका छन् । विराजका दुई छोरा र एक श्रीमती छन् । उनको श्रीमतीको नाम सरस्वती हो, जो हाउस वाईफ हुन् ।