मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सायद २’ को गज्जबको सुरुवात

फिल्मीखबर, काठमाण्डौ, 2017/07/14
२०६९ सालमा प्रदर्शनमा आएको फिल्म ‘सायद’को नेम सिक्वेल ‘सायद २’ आजबाट अल नेपाल प्रदर्शनमा आएको छ । गीतसंगीत र ट्रेलरबाटै प्रतिक्षित बनेको फिल्म ‘सायद २’ ले प्रदर्शनको पहिलो दिन सुखद ओपनिङ गरेको छ । 
 
‘राजधानीका मल्टिप्लेक्सदेखि सिंगल सबैतिर फिल्म हाउसफूल छ’, निर्माता सुनिल रावल भन्छन्, ‘राजधानी बाहिर पोखरा, चितवन, धनगडी, नेपालगञ्ज लगायतका ठाउँहरुमा पनि फिल्म हाउसफूल भएको जानकारी प्राप्त भएको छ ।’ उनका अनुसार, ‘सायद’को साख ‘सायद २’ ले बचाएको छ । 
 
 
यसको पहिलो भागलाई पनि युवापुस्ताका दर्शकहरुले निकै रुचाएका थिए । फिल्ममा सुशील श्रेष्ठ, निशा कार्की, स्यारोन श्रेष्ठ, अमृत ढुङ्गाना, कुशल पाण्डे तथा निर्माता सुनिल रावलको समेत अभिनय छ । 
 
फिल्ममा सुनिलसँग ईश्वर श्रेष्ठ र सुवास लामिछाने निर्माणमा सहकार्य गरेका छन् । हेमदेव गौतम र कृष्ण प्रधान पनि सह–निर्माताको रुपमा छन् ।  फिल्मलाई पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन् ।