मिति : २०८१ वैशाख ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

भगवान शिव बन्दै ऋतिक रोशन

एजेन्सी, मुम्बई, 2017/07/14
फिल्ममेकर सञ्जय लीला भंसालीले लेखक अमीश त्रिपाठीको चर्चित पुस्तक 'द इम्मोर्टल्स अफ मेलुहा'को राइट्स खरिद गरेका छन् । भगवान शिवमाथि लेखिएको यो पुस्तक निकै चर्चामा रहेको थियो । 
 
स१जय लीला भंसालीले आफ्नो नयाँ फिल्ममा भगवान शिवको भूमिका ऋतिक रोशनलाई दिएका छन् । ऋतिक अहिले आफ्नो परिवारसँग अमेरिकामा छुट्टी मनाइरहेका छन् । तर, सुत्रका अनुसार उनी यो भूमिकालाई लिएर निकै एक्साइटेड छन् । 
 
केही समय अगाडिसम्म करण जोहरसँग यो पुस्तकको राइट्स खरिद गरेका थियो । त्यस बखत भगवान शिवका भूमिकाको लागि सलमान खान, ऋतिक रोशन, वरुण धवन र टाइगर श्राफ जस्ता स्टारको नाम अगाडि आएको थियो । तर, करण जोहरको यो सपना पूरा भएन ।  
 
सञ्जय लीला भंसाली र ऋतिक रोशनले सन् २०१० मा आएको फिल्म 'गुजारिश' मा एकसाथ काम गरेका थिए ।