मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एकैखाले भूमिकामा सरोज खनाल !

फिल्मीखबर, काठमाण्डौ, 2017/07/14
‘मैले गीत छोडि आए फूलको तरेलीमा....’ 
 
नेपाली दर्शकको दिमागमा यो गीत आज पनि उत्तिकै चर्चित छ । यो गीतमा अभिनय गर्ने कलाकारलाई नेपाली दर्शकले आज पनि आफ्नो मानसपटलमा राखेका छन् । नायक सरोज खनालले ‘सारङ्गी’ फिल्मका लागि यो गीतमा अभिनय गरेका थिए ।
 
उनै नायक झण्डै १५ वर्षअघि नेपाली फिल्मलाई चटक्क माया मारेर अमेरिका तर्फ लम्किए । अझ यसो भनौं उनी अमेरिका पलायन भए । सरोज खनाल अमेरिका पलायनसँगै उनलाई नेपाली फिल्मलाई माया मारेर गयो भन्ने आरोप लाग्यो । नेपाली दर्शकका नजरमा निकै प्रिय रहेका यी नायकले यो उद्योगलाई छोडेर जाँदा नेपाली फिल्ममा उनको अभाव राम्रैसँग खड्किएको थियो । 
 
जतिबेला नेपाली फिल्म उद्योगलाई उनको आवश्यकता थियो, उक्त समयमा उनले नेपाली फिल्मलाई बिर्सिएर अमेरिका पलायन हुनु आफैमा दुर्भाग्य हो । खनाल अहिले नेपालमा छन् । अब उनी अमेरिका नफर्किने वाचासहित नेपाल फर्किएका हुन् । नेपाल फर्किए लगत्तै उनी अहिले नेपाली फिल्ममा व्यस्त छन् । 
 
चार वर्षअघि ‘मानव’ फिल्मबाट अभिनयमा ‘कमब्याक’ गरेका खनालले त्यसपछि ‘नाइँ नभन्नू ल ३’, ‘सुब्बासाब’, ‘प्रेमगीत’, ‘दर्पणछायाँ २’, ‘पञ्चायत’लगायत एक दर्जन फिल्ममा अभिनय गरिसकेका छन् । आजबाट उनी अभिनित फिल्म 'म यस्तो गीत गाउँछु' प्रदर्शनमा आएको छ । 
 
अमेरिकाबाट नेपाल फर्किएर लगातार एकपछि अर्को फिल्ममा व्यस्त भएपनि अभिनेता सरोज खनाललाई फरक फरक भूमिकामा भने दर्शकहरुले देख्न पाएका छैनन् । फिल्ममा कमब्याक गरेपछि उनको भमिका एकैखाले छ । तपाईहरुले याद गर्नुभएको होला कि पछिल्ला फिल्महरुमा सरोज खनाललाई प्रायः रिसाहा धनाड्य व्यक्तिको भूमिकामा देख्न सकिन्छ । 
 
'प्रेमगीत' होस वा हाल प्रदर्शन भैरहेको 'म यस्तो गीत गाउँछु' सरोज खनाल फरक भूमिकामा प्रस्तुत भएका छैनन् । 'दर्पण छायाँ २' मा पनि सरोज खनालले एक धनाड्य व्यक्तिको भूमिका निर्वाहा गरेका थिए । एकातर्फ फिल्ममा छ्यासछ्यास्ती देखिनु र अर्कोतर्फ फरक भूमिका र शैली नअपनाउँदा दर्शक नै सरोजको ह्याङले आजित हुन थालेका छन् ।