मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

आठसय मध्ये ‘प्रेमगीत २’ ले छान्यो २ सय ५० कभर गीत

फिल्मीखबर, काठमाण्डौ, 2017/07/13
साउन १३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको वर्ष २०७२ को हिट फिल्म 'प्रेमगीत'को नेम सिक्वेल 'प्रेमगीत २' ले विश्वभरबाट प्राप्त आठसय कभर गीत भिडियो मध्ये २ सय ५० लाई उत्कृष्ट छनौट गरेको छ । निर्माण कम्पनी आशुसेन फिल्मसलाई प्राप्त भिडियोहरु विहिबार युट्युवमा रिलिज गरिएको छ । 
 
निर्माता सन्तोष सेनका अनुसार, भदौ दोस्रो साता यी भिडियो मध्येबाट उत्कृष्ट १५ हुँदै सर्वोत्कृष्ट दुई घोषित गरिनेछ । महिला र पुरुषद्धारा निर्देशित सर्वोत्कृष्ट भिडियोले जनही एक–एक लाख नगद र ब्यानरको आउँदो फिल्ममा पाश्र्वगायन मौका पाउनेछन् । 
 
निर्माता सन्तोष सेनले भने, ‘भदौ पहिलो साता भ्यूजको आधारमा उत्कृष्ट पन्ध्र घोषित गर्नेछौं । यीमध्ये पाँचजना प्रतिभालाई वाइल्ड कार्ड प्रणालीमार्फत सिधैै उक्त राउन्डका लागि समावेश गरिने छ ।’ निर्माता कम्पनी आशुसेन फिल्मसले फिल्मको शीर्ष गीत ‘कहानी यो प्रेमगीतको...’ माथि कभर गीत प्रतिस्पर्धा आह्वान गरेको थियो । 
 
 
सेनले अगाडि थप्दै भने, ‘हामीलाई नेपालसहित विदेशबाट निकै स्तरिय कभर गीत प्राप्त भएका छन् । यो हाम्रा लागि उत्साहप्रद पक्ष हो र गायनप्रति युवा क्रेज सुखद छ ।’  
 
रामशरण पाठक निर्देशित फिल्म आशुसेन फिल्मसको ब्यानरमा बनेको हो। 'प्रेमगीत २' मा प्रदीप खड्का, अश्लेषा ठकुरी, कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायतका कलाकारहरुको मुख्य भूमिका छ । 
 
फिल्ममा रेनेशा वान्तवा राईको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध, कल्याण सिंह, एलिस कार्की र रोहित जोन क्षेत्रीको संगीत छ ।