Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘यमला पगला दीवाना ३’ मा काजल

एजेन्सी, मुम्बई, 2017/07/13
‘यमला पगला दीवाना ३’ को घोषणापछि हालैमा एउटा खबर बाहिर आएको छ कि फिल्मका लागि मुख्य नायिका फाइनल गरिएको छ । यो फिल्ममा लेजेन्ड्री एक्टर धर्मेन्द्र आफ्ना दुई छोरा सनी र बबी देओलसँग पछिल्लो दुई सिक्वेलमा देखिसकेका छन् । 
 
फिल्ममा हरेक पटक नयाँ एक्ट्रेस साइन गरिँदै आएको छ । यस पटक पनि प्रोड्यूसर्सले ‘यमला पगला दीवाना ३’ का लागि नयाँ नायिका फाइनल गरेका छन् । मुम्बई मिररको दावीलाई आधार मान्ने हो भने यसपटक फिल्ममा दक्षिण भारतकी चर्चित अभिनेत्री काजल अग्रवाल देखिनेछिन् । 
 
खबरका अनुसार, काजलले यो फिल्म एक महिना अगाडि साइन गरिसकेकी छिन् । उनले फिल्ममा एक आधुनिक यूगकी यूवतीको भूमिका निर्वाहा गर्नेछिन् । फिल्मको सुट अगस्टबाट सुरु हुनेछ । सूत्रले बताए अनुसार, ‘यमला पगला दीवाना ३’ को कथा नयाँ छ । 
 
यो फिल्ममा धर्मेन्द्र, सनी र बबी पनि नयाँ भूमिकामा देखिनेछन् । यो पहिलो पटक हुनेछ काजल धर्मेन्द्र, सनी र बबी देओलसँग एकसाथ काम गर्दैछिन् ।  
Most Visited News (monthly)