.jpg)
भोली शुक्रवारबाट अल नेपाल प्रदर्शनमा आउन लागेको यस वर्षको प्रतिक्षित फिल्म ‘म यस्तो गीत गाउँछु’को बुधवार राजधानीको कुमारी हलमा भब्य प्रिमियर शोको आयोजना गरिएको थियो ।
झण्डै डेढ सय बढी चलचित्रकर्मी, पत्रकारहरुको उपस्थिती रहेको प्रिमियरमा फिल्मका नायक पल शाह, नायिका पूजा शर्मा, निर्देशक सुदर्शन थापासँगै संगीतकार अर्जुन पोख्रेलको पनि उपस्थित थिए ।
(1).jpg)
प्रिमियरमा फिल्मलाई उत्कृष्ट प्रतिक्रिया मिलेको छ । सबैले पल र पूजाको केमेष्ट्रिको चर्चा गरे भने निर्देशक सुदर्शन थापाको कामको तारिफ गरे । फिल्म हेरेका अधिकांश चलचित्रकर्मीहरुले गीतसंगीतलाई खुबै रुचाएका थिए । म्यूजिक लभस्टोरी फिल्म ‘म यस्तो गीत गाउँछु’मा पल र पूजाको प्रेममा आउने विभिन्न अवरोधहरुलाई देखाइएको छ ।
(1).jpg)
प्रिमियरमा रेखा थापा, झरना थापा, अशिष्मा नकर्मी, दीपाश्री निरौला, सिताराम कट्टेल, कुञ्जना घिमिरे, स्वस्तिमा खड्का, दीपकराज गिरी, सुनिल रावल, विकासराज आचार्य, आँचल शर्मा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल लगायत उपस्थित थिए ।
.jpg)
वर्ष २०७२ मा रिलिज भएको फिल्म 'प्रेमगीत'मा समावेश शिर्ष गीत सापटी लिएर निर्माण भएको फिल्म 'म यस्तो गीत गाउँछु'लाई 'प्रेमगीत' फेम निर्देशक सुदर्शन थापाले निर्माण र निर्देशन गरेका हुन् । फिल्म ‘मेरो एउटा साथी छ’ देखि ‘प्रेमगीत’सम्म आइपुग्दा निर्देशक सुदर्शन थापा लभस्टोरी फिल्म निर्देशन गर्न माहिर देखिएका छन् ।
.jpg)
फिल्ममा पूजा र पलका अलावा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, विक्रम सेन, अर्जुन गुरुङलगायत कलाकारको अभिनय रहेको छ । सञ्जय लामाको छायांकन रहेको फिल्ममा प्रितम पाण्डेको सम्पादन छ । निर्देशक सुदर्शन थापाले दिनेश न्यौपानेसँगको सहकार्यमा पटकथा लेखेको हुन् । यो फिल्मलाई सुदर्शन र पूजाले संयुक्त निर्माण गरेका हुन् ।
.jpg)
तश्वीर : विवेक बस्याल

