Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यसरी भयो हङकङमा ‘कमलेको बिहे’

फिल्मीखबर, काठमाण्डौ, 2017/07/12
प्रदर्शन मिति फाइनल नगरिएको फिल्म ‘कमलेको बिहे’को हङकङमा वर्ल्ड प्रिमियर गरिएको छ । आइतबार भएको प्रिमियरमा नायक अनुपबिक्रम शाहीले दर्शकसँगै बसेर फिल्म हेरे । 
 
प्रिमियरमा सात सय बढि दर्शक उपस्थित थिए । ‘ह्यान्डसम भिलेन’को रुपमा दर्शकमाझ चिनिएका अनुपले यो फिल्ममा निर्वाहा गरेको भूमिकालाई हङकङबासी नेपालीहरुले खुबै रुचाए । यस्तै, अभिनेत्री सन्ध्या केसी र निर्देशक प्रसन्न पौड्यालको कामको पनि तारिफ गरे । प्रिमियरमा नायिका सन्ध्या भने उपस्थित थिइनन् । 
 
नेपाली परिवेशको अन्य फिल्मले उठाएका भन्दा केही पृथक प्रस्तुति जोडेको ‘कमलेको बिहे’लाई हङकङ प्रिमियरमा मिलेको प्रतिक्रियाले उत्साहित बनाएको निर्देशक पौड्यालले बताए । ‘कमलेको बिहे’को हङकङ प्रिमियरको चाँजोपाँजो मनिष लिम्बुले मिलाएका थिए । निर्देशक पौडेका अनुसार, अब यो फिल्म युके, अमेरिका तथा युरोपका विभिन्न शहरमा विशेष प्रदर्शनी हुने छ । 
 
फिल्म 'कमलेको बिहे' मा नायक अनुप विक्रम शाही लामो तर विग्रिएको कपाल, पावरवाला चश्मा, लामो टुप्पी सहित देखिएका छन् । फिल्ममा उनले बनारसमा शास्त्रिय विद्या पढेर गाउँ फर्किएपछि बिहेका लागि गरेको संघर्ष प्रस्तुत गरिएको छ । 
 
सयौं म्यूजिक भिडियो निर्देशन गरेका प्रशन्न पौडेलले निर्देशन गरेको यो फिल्ममा अनुप विक्रम शाही (कमले) र सन्ध्या केसी (चमेली) को भूमिकामा छन् । फिल्ममा यो जोडीका अलावा विनोद न्यौपाने, इशान ढकाल, किरन लकौल लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । 
 
फिल्ममा सरीता विष्ट, सुनिल विष्ट र मिलन लामाले संयूक्त लगानी छ । विदुर पाण्डेको छायांकन रहेको फिल्ममा सम्राट बस्नेतको द्धन्द्ध, दिपकमान सिंहको कोरियोग्राफी, तारा थापाको सम्पादन छ । फिल्मको कथा महेश दवाडीले लेखेका हुन् ।  
Most Visited News (monthly)