.jpg)
अहिलेका ब्यस्त मोडल तथा नायक हुन् पल शाह । दुईसय बढी म्युजिक भिडियोमा अभिनय गरेका शाहले विकास आचार्य निर्देशित ‘नाई नभन्नु ल-४’ बाट नेपाली रजतपटमा भित्रिएका थिए । उनलाई पहिलो भिडियो 'तिम्रो यादमा रहन्छु'ले चर्चित बनाएको थियो ।
म्यूजिक भिडियो हुँदै नेपाली फिल्मको यात्रा सुरु गरेका पल शाह अभिनित फिल्म 'म यस्तो गीत गाउँछु' यही असार ३० गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ । उनी अभिनित यो दोस्रो फिल्म हो । यो फिल्ममा पलले नायिका पूजा शर्मासँग रोमान्स गरेका छन् । म्यूजिक भिडियोबाटै लोभलाग्दो फ्यान क्रेज बनाएका पलको बारेमा एउटा कुरा कमैलाई थाहा छ । त्यो हो उनको बास्तविक नाम ।
उनका फ्यानहरु उनलाई पल शाह भनेरै चिन्दछन् तर उनको बास्तविक नाम भने अर्कै छ । उनको बास्तविक नाम हो पूर्ण विक्रम शाह । उनले म्यूजिक भिडियोमा पाइला राखेपछि आफ्नो बास्तविक नाम परिवर्तन गरेका थिए । तर, उनको नागरिकतामा नाम भने पूर्ण विक्रम शाह नै छ । पलले आफ्नो आधिकारीक फेसबुकमा पनि पल शाहसँगै ब्राकेटमा पूर्ण विक्रम शाह नाम राखेका छन् ।
रिल लाइफमा प्रवेश गरेपछि पलमात्र यस्ता कलाकार होइन जसले आफ्नो बास्तविक नाम परिवर्तन गरेका हुन् । दाङका स्थायी घर भएका पलका यूवती फ्यान धेरै छन् ।

