Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सायद २’ निर्माता भन्छन्, ‘मलाई पिजी फाप्छ’

फिल्मीखबर, काठमाण्डौ, 2017/07/12
यही शुक्रवारबाट अल नेपाल प्रदर्शनमा आउन लागेको लभस्टोरी फिल्म ‘सायद २’ सेन्सर पास भएको छ । सेन्सर बोर्डले फिल्मलाई पिजी सर्टिफिकेट दिएको छ । अब यो फिल्म १६ बर्ष मुनिका बालबालिकाले अभिभावकको साथ मात्र फिल्म हेर्न पाउनेछन् ।
 
'सायद', 'होस्टेल', 'होस्टेल रिर्टन्स'ले पिजी सर्टिफिकेट पाएपछि फिल्म हिट भएको बताउँदै निर्माता सुनिल रावल भन्छन्, 'मलाई पिजी फाप्छ । ‘सायद २’ ले कतै यूनिभर्सल सर्टिफिकेट त पाउने होइन भन्ने मलाई खुबै डर थियो तर पिजी नै पायो । म एकदमै खुशी छु । अब ‘सायद २’ पनि हिट हुन्छ ।'
 
‘सायद’ फिल्मको सिक्वेल ‘सायद २’ लाई दुर्गिस फिल्मस्को ब्यानरले निर्माण गरेको हो। युवाहरुको कथावस्तमाथि तयार भएको ‘सायद २’लाई निर्देशक पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन्। 
 
फिल्ममा सुशिल श्रेष्ठ, निशा कार्की, रुविना श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे र सुशिल सिटौला लगायतले अभिनय गरेका छन्। सिनेमेटोग्राफर राजु विक्रम थापाले फिल्म खिचेका हुन् । फिल्मको सम्पादन दिर्घ खड्का, द्धन्द्ध अष्ट महर्जन र कोरियोग्राफी गोविन्द राई र विक्रम स्वाँरले गरेका छन्।  
Most Visited News (monthly)