Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

वर्षालाई फेरि धक्का !

फिल्मीखबर, काठमाण्डौ, 2017/07/12
'नाई नभन्नू ल २' बाट नेपाली रजतपटमा भित्रिएकी नायिका वर्षा सिवाकोटीले यसभन्दा अगाडि दर्जनौ म्यूजिक भिडियोमा काम गरिसकेकी थिइन् । आफ्नो डेब्यू फिल्म हिट भएपछि वर्षाको भुइँमा खुट्टा थिएन । सायद उनलाई लागेको थियो अब म सुपरस्टार भएँ । 
 
पहिलो फिल्म नै हिट भएपछि उनलाई आफ्नो फिल्ममा साइन गर्न निर्माताहरुको तछाडमछाड पनि खुबै थियो । तर, 'नाई नभन्नू ल २' पछि उनी अभिनित कुनै पनि फिल्मले सफलताको झण्डा फहराएनन् । 
 
वर्षा अभिनित फिल्म 'पशुपतिप्रसाद' हिट भएको थियो त ? यसो भन्दै गर्दा तपाईको मनमा प्रश्न उब्जिन सक्छ । हो, उनी अभिनित 'पशुपतिप्रसाद' हिट भएको थियो तर वर्षालाई यसले कुनै फरक पारेनन् । फिल्मका मुख्य कलाकार खगेन्द्र लामिछानेको अगाडि वर्षा पर्दामा नै हराइन् । यसपछि उनी अभिनित फिल्म रिलिज भयो 'सुब्बा साब' । यो फिल्म हिट हुन्छ भन्ने त उनलाई नै आश थिएन । त्यसैले त उनी फिल्मको प्रचार प्रसारमा पनि देखिइनन् । उनले सोचे जस्तै 'सुब्बा साब'पनि उठ्न नसक्ने गरि बस्यो । 
 
यस्तै, गएको वर्षा उनी अभिनित फिल्म रिलिज भएको थियो 'लप्पन छप्पन' । फिल्म सफल भएको हल्ला चलेपनि सौगात मल्ल, दयाहाङ राई र अर्पण थापा जस्ता स्टार नायकको चेपुवामा परिन् वर्षा । 
 
यही असार १६ गते उनी अभिनित अर्को फिल्म 'कारखाना' रिलिज भएको थियो । फिल्ममा प्रचारमा पनि उनी खुबै दौडिइन् । फिल्ममा नायक शूशील श्रेष्ठको भन्दा वर्षाको भूमिका विशेष थियो । तर, कारखानालाई पनि दर्शकको खडेरी लाग्यो । लगातार फिल्म असफल हुँदा अहिले वर्षालाई एउटा डरले खुबै सताउन थालेको छ, 'के अब आफू गुमनाम त हुने होइन ?' उनी अहिले कुनै पनि फिल्मको काममा व्यस्त छैनन् । 
Most Visited News (monthly)