
निर्देशक अभिषेक वर्मनले आफ्नो नयाँ फिल्मका लागि संजय दत्त र श्रीदेवीलाई चुनेका छन् । यी दुई पछिल्लो पटक १९९३ को थ्रिलर 'गुमराह' मा एकसाथ देखिएका थिए र अब २५ वर्षपछि सँगै देखिने भएका छन् । हाल निर्देशकदेखि कलाकारहरुले यस विषयमा कुनै पनि जानकारी दिएका छैनन् । निर्देशक अभिषेक वर्मनले '२ स्टेट' जस्ता सुपरहिट फिल्म निर्देशन गरेका छन् ।
संजय दत्त र श्रदेवीसँगै वरुण धवन, आलिया भट्ट र सोनाक्षी सिन्हा पनि फिल्ममा हुने चर्चा छ । वरुण- आलियाको जोडीलाई अहिले सुपरहिट मानिन्छ भने सोनाक्षी र वरुणले पहिलो पटक स्क्रिन शेयर गर्नेछन् । अहिले निर्देशक अभिषेक वर्मन स्क्रिप्टमा काम गरिरहेका छन् ।
करण जोहरका पिता नै निर्माता थिए संजय दत्त र श्रीदेवी स्टारर फिल्म 'गुमराह' को र फिल्मका निर्देशन गरेका थिए महेश भट्टले, जो आलिया भट्टका पिता हुन् ।

