
भुवन केसीकी पूर्वपत्नी तथा अभिनेत्री सुस्मिता केसीको विषयमा केहीदिन यता नेपाली मिडियाहरुमा खुबै समाचारहरु बनिरहेका छन् । खासगरि सुस्मिताले आफ्नो आफ्नो आधिकारीक फेसबुकमा भुवन केसीलाई अपशब्द प्रयोग गरेपछि उनी अहिले मिडियाको आँखामा परेकी छिन् ।
अनमोल केसीकी आमा सुस्मिता र भुवन केसीको डिभोर्स भएको वर्षौ भैसकेको छ तर अझै पनि उनीहरु एकअर्काका लागि दुश्मनभन्दा कम छैनन् । यो कुरा सुस्मिता र भुवनले केही महिनायता मिडियामा दिएको अन्तर्वार्ताबाट पनि पुष्टि हुन्छ ।
केही दिन अगाडिसम्म आफ्ना पूर्वपतिलाई गाली गर्दै आइरहेकी सुस्मिताले हिजो सोमवार भुवनको निकै तारिफ गरिन् । नायिका पूजा शर्माले एक अनलाइनलाई अन्तर्वार्ता दिँदा 'भुवन केसी र अनमोल भाग्यले चम्किएका हुन्' भन्ने समाचारको लिंक शेयर गर्दै सुस्मिताले भुवनको तारिफ गर्दै पूजालाई गाली गरेकी छिन् । उनले पूजा शर्मालाई हिजो आएको चल्लाहरु धेरै बाठो भएको राम्रो हुँदैन भनेकी छिन् भने भुवन केसीलाई सुपरस्टार भन्दै तारिफ गरेकी छन् ।
.jpg)
उनले लेखेकी छिन्, 'भुवन केसीले सम्झना, कुसुमे रुमाल जस्ता सुपरहिट फिल्म दिनुभएको छ । भुवन केसीको नाम नेपाली फिल्म इन्डष्ट्रिमा सुनौलो अक्षरमा लेखिएको छ । उहाँले ४० वर्ष फिल्म क्षेत्रमा विताइसक्नु भएको छ । जे जस्तो भएपनि सबैले सम्मान गर्ने नाम हो भुवन केसी । आफुभन्दा अग्रजको सम्मान र आदर गर्न सिक्नु है पूजा ? बेसी उम्लिएको राम्रो हुँदैन ।'
डिभोर्सपछि सुस्मिताले भुवनको यसरी तारिफ गरेकी पहिलो पटक हो । योसँग अहिले नेपाली सिनेवृतमा अर्को चर्चा चल्न थालेको छ के सुस्मिता र भुवनको द्धन्द्ध सकिएको हो ? के अब उनीहरु फेरि एक त हुँदै छैनन् ? हो, सुस्मिताको यो स्टाटसले अहिले यही जिज्ञासा जन्माएको छ ।
स्मरण रहोस्, केहीदिन अगाडि बेलायतमा भएको 'दशौं बक्सअफिस फिल्म फेयर अवार्ड'मा सुस्मिता जानेभएपछि भुवनले आफ्नो भिषा रद्ध गरेका थिए । यस्तै, भुवन हेटौंडामा भएको 'नवौं डी सिने अवार्ड'मा पनि सुस्मिता गएपछि सहभागी भएनन् । यसले उनीहरुबिच द्धन्द्ध अझै नसेलाएको भने बताउँछ ।
.jpg)
के भन्छिन् पूजा ?
नायिका सुस्मिता केसीले फेसबुकमा गाली गरेपछि नायिका पूजा शर्माले 'फिल्मीखबर डटकम'सँग कुराकानी गर्दै आफूले भुवन केसी र अनमोल भाग्यले चम्किएको नभनेको बताएकी छिन् । उनले भनिन्, 'समाचारको हेडलाइन पढेर उहाँले मलाई गाली गर्नुभयो । मलाई निकै नरमाइलो लाग्यो । मैले भुवन दाईलाई त्यस्तो कहाँ भन्न सक्छु । मैले सबैभन्दा धेरै सम्मान र आदर गर्ने दाई हुनुहुन्छ उहाँ । मैले भुवन दाई र अनमोल नेपाली फिल्म इन्डष्ट्रिको लक्की पर्सन भनेको हुँ । भुवन दाईको भाग्य पनि बलियो हो किनकी आजसम्म उहाँले राज गरेर बस्नुभएको छ भन्ने मेरो आशय थियो ।'

