Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

सिपोराको प्रेममा रमेश (भूईँमान्छे गीत)

फिल्मीखबर, काठमाण्डौ, 2017/07/10
भाद्र २ गते रिलिज हुन लागेको फिल्म 'भूईँमान्छे'को पहिलो रोमान्टिक गीत रिलिज भएको छ । गीतमा रमेश बुढाथोकी र सिपोरा गुरुङ फिचरिङ छन्, जहाँ दुईबीच बढ्दै गरेको मायालाई देखाइएको छ । सार्वजनिक गीतमा शब्द दयाराम पाण्डेको रहेको छ भने यसमा संगीत अर्जुन पोखरेलले दिएका छन् । यस गीतलाई प्रमोद खरेलले गाएका छन् । गीतलाई कविराज गहतराजले निर्देशन गरेका छन् भने यसलाई बिदुर पाण्डेले खिचेका हुन् । 
 
शैली ईन्टरटेन्मेन्ट एण्ड मुभिज प्राली र शैली थिएटरको प्रस्तुती फिल्म 'भूईँमान्छे' अस्पतालमा पोष्टमार्टम गर्ने मान्छेको कथा हो । दैनिक लाश चिर्ने मान्छेको जीवन कस्तो हुन्छ । उसलाई समाजले कसरी हेरेको हुन्छ । उसको मनोविज्ञान कस्तो होला ? यीनै कुराहरुलाई फिल्ममा समेटिएको निर्देशक नवराज बुढाथोकील बताए । 
 
फिल्ममा सिपोरा गुरुङ्ग, रमेश बुढाथोकी, सहिन प्रजापति, रोहणी भट्टराई,बादल भट्ट,रामबाबु रेग्मी,शसांक बोहोरा, आर्यान न्यौपाने , नारायण न्यौपाने , सानु ताम्राकार,सौरभ ढकाल ,हरि यादव आदिले अभिनय गरेका छन् । यस्तै, विशेष भुमिकामा तारा केसी,पुष्कर गुरुङ्ग र नविन श्रेष्ठ पनि छन् । फिल्मलाई रोहिणी भट्टराईले निर्माण गरेका हुन् ।  

Most Visited News (monthly)