Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘एबीसीडी ३’ मा फेरि प्रभुदेवा

एजेन्सी, मुम्बई, 2017/07/09
‘एबीसीडी’ सिरीजको पछिल्लो दुई फिल्ममा प्रभुदेवालाई निर्देशन गरिसकेका निर्देशक रेमो डिसूजाले यसको तेस्रो सिरिजमा पनि प्रभुदेवाको मुख्य भूमिका रहने घोषणा गरेका छन् । 
 
रेमोले भने, “एबीसीडी’ प्रभुदेवा बिना निर्माण गर्न संभव छैन, त्यसैले ‘एबीसीडी ३’ मा पनि प्रभुदेवा फाइनल हुनुभएको छ । पहिलो र दोस्रो फिल्मको कहानी प्रभुलाई ध्यानमा राखेर लेखिएको थियो र तेस्रो फिल्ममा पनि यस्तै हुनेछ ।”
 
यो सिरिजको पहिलो फिल्म ‘एबीसीडी स् एनीबडी क्यान डान्स’ २०१३ मा रिलिज भएको थियो र यसमा प्रभुदेवासँग गणेश आचार्य, के के मेनन, लोरेन गोटलिब, पुनीत पाठक, धर्मेश येलन्दे र सलमान यूसुफ खान थिए । 
 
फिल्म ‘एबीसीडी २’ २०१५ मा रिलिज भएको थियो, जसमा वरुण धवन र श्रद्धा कपूर मुख्य भूमिकामा थिए । रेमो अहिले स्टार प्लसको डान्स रियालिटी शो ‘डान्स प्लस सीजन-३’ र सलमान खानसँग एक अनटाइटल फिल्मको निर्देशनमा व्यस्त छन् । 
Most Visited News (monthly)