Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'प्रेमगीत २' को कन्सर्टमा झुम्यो एघार शहर

फिल्मीखबर, काठमाण्डौ, 2017/07/09
साउन १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'प्रेमगीत २' ले मोफसलको देशदौडाहा सकेर काठमाडौं फर्किएको छ । दमौलीदेखि नेपालगंज हुँदै बिर्तामोडसम्म झण्डै दुईहप्ता लामो सांगीतिक कन्सर्ट सकेर 'प्रेमगीत' टोली आइतवार राजधानी फर्किएको हो । 
 
यो महंगो सांगीतिक यात्रामार्फत फिल्मका कलाकारदेखि निर्माता, निर्देशक दर्शकसँग माया साट्दै देशका विभिन्न शहरहरु पुगेका थिए । दमौली फुटबल मैदान, पोखरा चिप्लेढुंगा, नेपालगंज, बुटवल, नारायणगढ, हेटौंडा, बिराटनगर, दमक, धरान, इटहरी हुँदै बिर्तामोडमा कन्सर्ट आयोजना गरिएको थियो । सांगीतिक कन्सर्टमा हजारौं दर्शकहरुको साथ पाएको फिल्मका नायक प्रदीप खड्काले बताए । अब काठमाडौं, ललितपुर र भक्तपुरमा 'प्रेमगीत २' को कन्सर्ट आयोजना हुने छ ।  
 
‘हामी कन्सर्टमार्फत वास्तविक दर्शकसामु पुग्न चाहन्थ्यौं’ निर्माता सन्तोष सेन भन्छन्, ‘एघार सहरमा हामीले एउटै मन पायौं दर्शकको । दर्शक प्रेमगीतबाट स्तरिय मनोरन्जन चाहन्छन् ।’
 
यो देश दौडाहामा नायक प्रदीप खड्का र नव-नायिका अश्लेषा ठकुरीसँग सयौं दर्शकहरुले सेल्फी खिचे भने प्रदीपलाई सयौं यूवतीहरुले 'आई लब यू' भन्दै गुलाबको फूलले न्यायो माया दर्साए । ‘रियल दर्शकसँग हेलिन पाएँ’ प्रदीपले सुनाए, ‘फिल्मलाई लिएर उनीहरुभित्रको हुटहुटी फिल गरेँ । यसले ममा थप दायित्वको समेत बोध गराएको छ ।’ 
 
 
यस्तै, अश्लेषा ठकुरी भन्छन्, ‘वास्तवमा दर्शकप्रति आभारी छु । मेरा लागि यो जान्ने, सिक्ने र समाज पढ्ने मौका पनि थियो ।’ फिल्मभित्र उनी एक बर्मेली युवतीको भूमिकामा प्रस्तुत भएकी छन् । फिल्मको निर्माण पक्षले 'प्रेमगीत २' को कभर गीत प्रतियोगिताको म्याद पनि बढाएको छ । कभर गीतका लागि असार २० गतेसम्म भाग लिने मौका दिइएको थियो । अब इच्छुक प्रतियोगीले २७ गतेसम्म गीत बुझाउने मौका प्राप्त गरेका छन् ।
 
रामशरण पाठक निर्देशित फिल्म आशुसेन फिल्म्सको ब्यानरमा बनेको हो। 'प्रेमगीत २' मा प्रदीप र अश्लेषाका अलावा कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायतका कलाकारहरुको मुख्य भूमिका छ । 
 
फिल्ममा रेनेशा वान्तवा राईको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध, कल्याण सिंह, एलिस कार्की र रोहित जोन क्षेत्रीको संगीत छ ।
Most Visited News (monthly)