Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पूजाको नजरमा पल र प्रदीप कस्ता ?

फिल्मीखबर, काठमाण्डौ, 2017/07/09
नायिका पूजा शर्मा अहिले निकै चर्चामा छिन् । कारण, उनी अभिनित फिल्म 'म यस्तो गीत गाउँछु' यही असार ३० गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ । वर्ष २०७२ मा रिलिज भएको फिल्म 'प्रेमगीत'बाट नायिका पूजा शर्माले नसोचेको सफलता हात पारिन् । हुनत, उनले योभन्दा अगाडि झण्डै आधा दर्जन फिल्ममा काम गरिसकेकी थिइन् तर उनलाई स्टार 'प्रेमगीत'ले बनायो । 
 
'प्रेमगीत'पछि उनी फेरि ठूलो पर्दामा फिल्म 'म यस्तो गीत गाउँछु'बाट उदाउँदैछिन् । अहिले यो फिल्मको तीन गीत र ट्रेलर खुबै चर्चामा छ । 'प्रेमगीत'मा नायक प्रदीप खड्कासँग काम गरेकी पूजाले 'म यस्तो गीत गाउँछु'मा पल शाहसँग रोमान्स गरेकी छन् । 'प्रेमगीत'मा पूजा र प्रदीपको जोडीलाई निकै रुचाइएको थियो भने 'म यस्तो गीत गाउँछु'को गीत र ट्रेलमा पनि पूजा र पलको जोडीलाई खुबै मनपराइएको छ । 
 
केही दिन अगाडि हामीले प्रदीपलाई 'प्रेमगीत' नायिका पूजा शर्मा र 'प्रेमगीत २' नायिका अश्लेषा ठकुरीको विषयमा प्रश्न गरेका थियौं । आज हामीले नायिका पूजा शर्मासँग नायक प्रदीप खड्का र पल शाहको विषयमा केही प्रश्न तेर्साएका छौं । 
 
१. तपाईको नजरमा पल र प्रदीप कस्ता ? 
उनीहरुमा आकाश र जमिनको फरक छ । तर, दुवै राम्रो कलाकार हुन् । पल सच्चा इमान्दार मान्छे हो । उसले सबैलाई मिलाएर हिँड्न सक्छ । प्रदीप एउटा असल मान्छे । 
 
२. तपाईलाई पल र प्रदीप मध्ये कोसँग काम गर्न सजिलो भयो ? 
दुवैसँग नै सजिलो भयो तर प्रदीपभन्दा पलसँग अझ बढी सजिलो महशुस भयो । 
 
३. पल र प्रदीप मध्ये को बढी काममा जिम्मेवारी ? 
पल शाह । 
 
४. पलमा के छ जून प्रदीपमा छैन् अनि प्रदीपमा के छ जून पलमा छैन् ?
पल र प्रदीप दुवै मेरो मिल्ने साथी हुन् । पल र प्रदीपमा के छ भन्दा पनि दुवैसँग राम्रो काम गर्ने अठोट छ । पल र प्रदीपको काम गर्ने शैली फरक छ तर दुईमा सबै छ जून एक व्यक्तिमा हुनुपर्छ । 
 
५. भोलीका दिनमा पल र प्रदीप मध्ये कोहिँ एकसँग काम गर्नु परे पहिलो रोजाई को हुन्छ ? 
म दुवैसँग फेरि काम गर्न चाहन्छु । तर, मेरो पहिलो रोजाई त पल नै हुन्छ । 
Most Visited News (monthly)