Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कार्टुन्ज क्रिउको 'मोटरसाइकलमा' अश्लेषा (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2017/07/04
साउन १३ गते रिलिज हुन लागेको फिल्म 'प्रेमगीत २' को 'मोटरसाइकलमा' बोलको गीतमा डान्स ग्रुप कार्टुन्ज क्रिउले कभर भिडियो बनाएको छ । प्रतास दास र इन्दिरा जोशीको स्वरमा रहेको गीतमा कार्टुन्ज क्रिउ कलाकारले आकर्षक डान्स पस्किएका छन् । 
 
फिल्ममा समावेश एलिस कार्कीद्धारा संगीतबद्ध 'मोटरसाइकलमा' गीतमा भने स्वस्तिमा खड्का, प्रदीप खड्का र अश्लेषा ठकुरीले अभिनय गरेका थिए । फिल्म निर्माण कम्पनी आशुसेन फिल्मसले नयाँ गीतलाई दर्शक एवं श्रोताले रुचाउन सक्ने जनाएको छ ।   
 
रामशरण पाठक निर्देशित फिल्म आशुसेन फिल्म्सको ब्यानरमा बनेको हो। 'प्रेमगीत २' मा प्रदीप र अश्लेषाका अलावा कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायतका कलाकारहरुको मुख्य भूमिका छ । 
 
फिल्ममा रेनेशा वान्तवा राईको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध, कल्याण सिंह, एलिस कार्की र रोहित जोन क्षेत्रीको संगीत छ ।

Most Visited News (monthly)