Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

'म यस्तो गीत गाउँछु'को शिर्ष गीत रिलिज, कस्तो देखियो पल र पूजाको केमेष्ट्री ?

फिल्मीखबर, काठमाण्डौ, 2017/07/04
यही असार ३० गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको पल शाह र पूजा शर्मा अभिनित फिल्म 'म यस्तो गीत गाउँछु'को तेस्रो लभसङ रिलिज भएको छ । 'कहाँ छ र' बोलको फिल्मको शिर्ष गीतमा पल र पूजा फिचरिङ छन् । गीतमा उनीहरु एकअर्का विना बाँच्न नसक्ने बताउँदैछन् । 
 
प्रमोख खरेल र अन्जु पन्तको स्वर रहेको गीतमा अर्जुन पोख्रेलको संगीत सुन्न सकिन्छ । कोरियोग्राफर कविराज गहतराजले यो गीतको कोरियोग्राफी गरेका हुन् । फिल्मको यसअघि 'भन्छु आज' र 'किन आजकल तिम्रो मन मैलो भो' बोलको गीतसँगै ट्रेलर पनि रिलिज भैसकेको छ । ट्रेलर र गीत संगीतले नै फिल्म 'म यस्तो गीत गाउँछु' प्रतिक्षित बनिसकेको छ । 
 
वर्ष २०७२ मा रिलिज भएको फिल्म 'प्रेमगीत'मा समावेश शिर्ष गीत सापटी लिएर निर्माण भएको फिल्म 'म यस्तो गीत गाउँछु'लाई 'प्रेमगीत' फेम निर्देशक सुदर्शन थापाले निर्माण र निर्देशन गरेका हुन् । फिल्म ‘मेरो एउटा साथी छ’ देखि ‘प्रेमगीत’सम्म आइपुग्दा निर्देशक सुदर्शन थापा लभस्टोरी फिल्म निर्देशन गर्न माहिर देखिएका छन् । 
 
फिल्ममा पूजा र पलका अलावा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, विक्रम सेन, अर्जुन गुरुङलगायत कलाकारको अभिनय रहेको छ । सञ्जय लामाको छायांकन रहेको फिल्ममा प्रितम पाण्डेको सम्पादन छ । निर्देशक सुदर्शन थापाले दिनेश न्यौपानेसँगको सहकार्यमा पटकथा लेखेको हुन् । यो फिल्मलाई सुदर्शन र पूजाले संयुक्त निर्माण गरेका हुन् ।
 

Most Visited News (monthly)