Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुनिल दत्त पाण्डेको पर्दामा कमब्याक

फिल्मीखबर, काठमाण्डौ, 2017/07/04
एकसमयका सफल नायक हुन सुनिल दत्त पाण्डे । केही वर्ष अगाडिसम्म सुनिल विनाका फिल्महरु कमै हलमा रिलिज हुन्थे । कुनै फिल्ममा भिलेन त कुनैमा नायकको भूमिकामा देखिएका सुनिल दत्त पाण्डे पछिल्लो समय हराए जस्तै छन् । 
 
केही वर्षयता उनी अभिनित फिल्महरु हलमा लागेका छैनन् । 'भाग्य', 'मेरी आमा', 'भुतुक्कै भए नि', 'हामी साथी भाई' जस्ता फिल्महरु समेत निर्माण गरेका सुनिलले फेरि आफ्नै लगानीमा फिल्म निर्माण गर्ने बताएका थिए तर अहिलेसम्म उनको सपना पूरा भएको छैन् । लामो समयदेखि ठूलो पर्दामा नदेखिएका सुनिललाई चाँडै दर्शकहरुले एक फिल्ममा देख्न पाउने भएका छन् । 'वीराङ्गना'मार्फत उनले ठूलो पर्दामा कमब्याक गर्न लागेका हुन् । 
 
केही दिन अगाडि राजधानीमा एक कार्यक्रमका बीच यो फिल्मको घोषणा गरिएको थियो । यो फिल्ममा सुनिलका अलावा शिल्पा पोख्रेल, पृथ्वीराज प्रसाई, अनुप विक्रम शाही, धीरेन शाक्य लगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्ममा सुनिलको भूमिका भने खुलाइएको छैन । 
 
सुनिल दत्त पाण्डेले 'सिन्दुर', 'मेरो मनको साथी', 'मौसम', 'सुरक्षा', 'दाग' लगायतका ३ दर्जन बढी फिल्ममा अभिनय गरेका छन् । उनलाई नायक भन्दा पनि खलनायकको रुपमा दर्शकहरु बढी चिन्दछन् । 
 
Most Visited News (monthly)