मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

श्रृष्टिले गरेकी हुन सुसाइडको प्रयास ?

फिल्मीखबर, काठमाण्डौ, 2017/07/03
नायिका श्रृष्टि श्रेष्ठ अभिनित फिल्म 'लाउरे'मा निकै ठूलो लफडा भएको छ । फिल्म निर्माण कम्पनी दुर्गिश ब्यानरले 'लाउरे'का निर्देशक निगम श्रेष्ठलाई हटाएपछि लफडाको खबर बाहिर आएको हो । निगमलाई हटाएपछि नायिका श्रृष्टिले फिल्म खेल्न अस्वीकार गरेको पनि खबर प्राप्त भएको छ । स्रोतका अनुसार, 'लाउरे'मा काम नगर्नका लागि उनले शनिबार आत्महत्याको प्रयास समेत गरेकी थिइन् । 
 
यस विषयमा आधिकारीक जानकारी भने प्राप्त भएको छैन् । श्रृष्टी श्रेष्ठको दाहिने हातको नाडीमा गहिरो चोट लागेपछि शनिवार नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल पुर्‍याएलगतै उनको अप्रेशन गरिएको छ । 
 
अप्रेशन पश्चात साँझको ११ बजे डिलक्स वार्डमा सारिएको स्रोत बताउँछ । श्रृष्टीलाई आज डिस्चार्ज गरिने छ । खबरका अनुसार, श्रृष्टिका प्रेमी नायक सौगात मल्लले आइतबार बिहान ‘लाउरे’ फिल्मको निर्माणपक्षलाई फोन गर्दै श्रृष्टीलाई १५ दिनको आराम चाहिएको भन्दै छायांकनबाट छुट्टी दिन आग्रह गरेका थिए ।
 
पूर्व मिस नेपाल समेत रहेकी श्रृष्टि अभिनित पहिलो डेब्यू फिल्म 'गाजलु' गएको वर्ष रिलिज भएको थियो । उनी अभिनित अर्को फिल्म 'रोमियो एन्ड मुना' चाँडै प्रदर्शनमा आउँदैछ । 
 
 
भएको थियो के ?
प्राप्त जानकारी अनुसार, श्रृष्टिले फिल्म 'लाउरे'लाई निगम श्रेष्ठले नै निर्देशन गर्नुपर्ने अडान राखेपनि निर्माण पक्ष यो मान्न तयार भएन । फिल्मको लगभग छायांकन सकिन केही समय बाँकी रहँदा निर्माण कम्पनी दुर्गिश ब्यानरले निगमलाई निर्देशनको जिम्मेवारीबाट हटाएपछि श्रृष्टिले पनि फिल्म खेल्न अस्वीकार गरेकी थिइन् । यसका लागि श्रृष्टिले सुसाइडको नाटक गरेको हल्ला पनि बाहिरिएको छ । 
 
तर, 'फिल्मीखबर डटकम'सँग कुराकानी गर्दै निर्माता सुनिल रावलले यी सबै कुरा झुट रहेको बताए । उनले भने, 'निर्देशक निगम श्रेष्ठलाई हटाइएको कुरा आधिकारीक रुपमा कम्पनीले विज्ञप्ती निकालेर दिएको छैन । र, श्रृष्टिले 'लाउरे'मा काम गर्न अस्वीकार गरेको खबर पनि झुटो हो । सौगात जीले मलाई फोन गर्नुभएको थियो । श्रृष्टिको हात भाँचिएको छ अब के गर्ने भनेर सोध्नुभएको थियो । मैले केही दिन आराम गरेपछि छायांकन सुरु गर्ने जानकारी दिए । श्रृष्टिले अबको ५ दिनमा 'लाउरे'को सुटिङ ज्वाई गर्नुहुनेछ ।' 
 
श्रृष्टिले दिइन् स्पष्टिकरण 
सुसाइडको हल्ला चलिरहँदा नायिका श्रृष्टिले भने नर्भिक अस्पतालको बेडबाटै आफू सकुशल रहेको जानकारी दिएकी छिन् । फेसबुकमा एक तश्वीरसहित उनले क्याप्सनमा आफूलाई साधारण चोट लागेको लेखेकी छिन् । उनले लेखेकी छिन्, 'मेरो दाहिने हातमा साधारण चोट लागेको हो । सानो सर्जरीपछि अहिले म सकुशल छु । चाँडै म 'लाउरे'को बाँकी छायांकन सकाउने छु ।'