Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजेश हमाल कसरी महानायक ? : धीरेन शाक्य

मनिष अन्जान, काठमाण्डौ, 2017/07/02
सयभन्दा बढी नेपाली फिल्ममा आफ्नो अभिनयको जादू छरेका नायक धीरेन शाक्यलाई एकसमय नायक राजेश हमालको प्रतिद्धन्द्धी मानिन्थ्यो । नायक राजेश हमालले एकलौटी आफ्नो वचश्र्व जमाइरहेको अवस्थामा नेपाली फिल्ममा धीरेन शाक्यको इन्ट्री भएको थियो । धीरेनको पहिलो फिल्म 'प्रेम' हो । यो फिल्म रिलिज भएपछि धीरेन शाक्यलाई राजेश हमालको विकल्पको रुपमा हेरिन थालियो । यसैबेला धिरेनले राजेश हमालको हातमा परेका दजनौं फिल्म हाफ्नो पक्षमा पारेको चर्चा छ । 
 
प्रतिस्पर्धाको बिचमा नै केही निर्माताले यि दुईलाई एकसाथ लिएर 'सिमाना', 'भीष्मप्रतिज्ञा' जस्ता फिल्म निर्माण गरे र यि फिल्मले व्यबसायिक सफलता पनि हासिल गरे । तर, समयको क्रमसँगै राजेश हमालले धीरेनलाई पछाडि छोड्दै गए ।
 
अहिले नायक राजेश हमाललाई नेपाली फिल्मका महानायक भन्ने गरिन्छ भने धीरेन शाक्यलाई गुमनाम नायक । राजेश हमाललाई महानायक भनेको धीरेन शाक्यलाई कस्तो लाग्छ ? आइतवार राजधानीमा आयोजित एक फिल्मको घोषणा सभामा भेटिएका उनलाई 'फिल्मीखबर डटकम'ले प्रश्न तेर्सायो । उनले जवाफ दिँदै भने, 'कसको फिल्म धेरै सुपरहिट छ र जसले नेपाली फिल्म क्षेत्रमा सबैभन्दा बढी योगदान दिएको छ उसलाई महानायक भन्नुपर्छ जस्तो मलाई लाग्छ । फिल्म सुपरहिट भएको हिसाबले भन्ने हो भने भुवन केसी महानायक हुन् । किनकी उहाँका दर्जनौं फिल्महरु सुपरहिट छन् । हो, संख्याको हिसाबले राजेश हमालले धेरै फिल्म खेल्नुभएको छ तर फिल्म कति हिट छन् भन्ने कुरा पनि हेर्न आवश्यक छ ।' 
 
उनको भनाईबाट नै के स्पष्ट हुन्छ भने राजेश हमालसँग उनको द्धन्द्ध अझै सेलाएको छैन । उनले पहिलो पटक मिडियाको अगाडि निर्धक्कसँग राजेश हमाल नभएर भुवन केसीलाई महानायक भनेका हुन् । तपाईको राजेश हमालसँग बोलचाल छैन भन्ने खबर छ नी ? भन्ने हाम्रो प्रश्नको उत्तर दिँदै उनी अगाडि भन्छन्, 'हाम्रो बोलचाल बन्द भएको भन्ने खबर झुटो हो । हामी कार्यक्रमहरु भेट हुँदा प्रायः बोल्ने गर्छौ तर खासै भेटघाट भने हुँदैन ।'
 
क्रोध, जीवनदान, चिनो, सीमाना, देश परदेश, अजम्बरी माया, अर्जुन, ईन्साफ, जनम जनम लगायतका दर्जनौं हिट फिल्ममा धीरेन शाक्यले अभिनय गरेका छन् ।     
Most Visited News (monthly)