Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

किन नआउने भयो युट्युबमा 'धनपति' ?

फिल्मीखबर, काठमाण्डौ, 2017/07/02
वर्ष २०७२ मा रिलिज भएको सुपरहिट फिल्म 'पशुपतिप्रसाद' का निर्देशक दीपेन्द्र के. खनाल र कलाकार तथा लेखक खगेन्द्र लामिछानेको संयुक्त प्रयासमा निर्माण भएको अर्को नयाँ फिल्म 'धनपति' यही असार २३ गतेबाट अल नेपाल रिलिज हुँदैछ । यसवर्षको प्रतिक्षित फिल्मको रुपमा हेरिएको फिल्म 'धनपति' हलमा कहिले रिलिज हुँदैछ मात्र होइन युट्युबमा रिलिज हुने मिति समेत दर्शकहरु कुरिरहेका छन् । तर, युट्युबमा 'धनपति' कुरेर बसेका दर्शकहरुका लागि भने दुःखद खबर बाहिरिएको छ । 
 
फिल्मका निर्देशक दीपेन्द्र के. खनालले फिल्म 'धनपति' युट्युबमा रिलिज नहुने जानकारी दिएका छन् । उनले भने, 'पौडी आखिर पौडी नै हो । तर बगिरहेको पानीमा खेल्नुको असरदार मजा जमेको पानीको स्वीमिङ पुलमा के आउँला र ? ‘धनपती’  पनि केवल विषयबस्तुका लागि मात्रै नभई यसको प्राविधिक पक्षको रस लिनका लागि पनि हलमा हेर्नुको मज्जा साना होम थिएटरमा पक्कै छैन । फिल्म प्रदर्शनको माध्यम पनि हल नै भएकोले हामीले ‘धनपती’ लाई युट्युबमा नराख्ने निर्णय गरेका छौं ।' 
 
टुकी आर्ट्स प्रा. लि.ले दीपेन्द्र के खनाल प्रोडक्सनसँगको सहकार्यमा निर्माण गरेको दोस्रो फिल्म ‘धनपति’ मा खगेन्द्र लामिछाने, सुरक्षा पन्त, आशान्त शर्मा, मनिष निरौला, सुरभी बर्तौला, हरिहर शर्मा, रवी गिरी, कमल देवकोटा, प्रकाश घिमिरे लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।  
 
काठमाडौँको गन्जागोलमा हातमुख जोड्नकै लागि संघर्ष गरिरहेको एक युवाको कथा 'धनपति'ले बोल्ने निर्देशक खनाल बताउँछन् । फिल्म रिलिजको संघारमा रहेको बेला गएको शुक्रवार निर्देशक खनाल र कलाकार खगेन्द्र लामिछाने भने अमेरिका उडेका छन् । अमेरिकामा पहिलो विदेश प्रदर्शनका लागि निर्देशक खनाल र कलाकार खगेन्द्र लामिछाने उडेका हुन् । उनीहरु फिल्म रिलिजको अघिल्लो दिन नेपाल उर्लिनेछन् । 
 
यो फिल्मलाई रोजिना सिटौलाले निर्माण गरेकी हुन् । खगेन्द्र लामिछानेको कथालाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् भने उनैले क्यामेरा पनि चलाएका छन् ।
Most Visited News (monthly)