.jpg)
कलर टिभी शो 'बिग बोस' को नयाँ सीजन सुरु हुन केही समय बाँकी छ । तर, शोका कन्टेस्टेन्ट र होस्टलाई लिएर अहिलेदेखि नै विभिन्न खबरहरु बाहिर आइरहेका छन् । सलमान खान पछिल्लो केही वर्षदेखि लगातार 'बिग बोस'सँग जोडिएका छन् ।
सीजन ४ देखि सलमान यो शो होस्ट गरिरहेका छन् । खबरका अनुसार, 'बिग बोस' सीजन ११ लाई सलमानले नभएर बलीउडस्टार अक्षय कुमारले होस्ट गर्ने भएका छन् ।
खबर यो पनि छ कि 'बिग बोस' मात्र होइन अक्षय कुमारले 'दस का दम' पनि होस्ट गर्ने संभावना छ । यस्तो लाग्दैछ कि अब सलमानको सबै प्रोजेक्ट्स अक्षयको झोलीमा पर्दै गएको छ ।
सुत्रका अनुसार, सलमान गएको वर्षदेखि नै 'बिग बोस' छोड्न चाहन्थे । सलमानले हरेक वर्ष 'बिग बोस'को नयाँ सीजन होस्ट नगर्ने घोषणा पनि गर्दै आएका थिए ।

