Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

'हाउ फन्नी' निर्देशकको निधन

फिल्मीखबर, काठमाण्डौ, 2017/07/01
गएको वर्ष रिलिज भएको फिल्म 'हाउ फन्नी' निर्देशन गरेकी निर्देशक निलु डोमा शेर्पाको निधन भएको छ । हार्ट अट्याकका कारण उनको शनिवार विहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
 
हार्ट अट्याकपछि उनलाई राजधानीको टिचिङ अस्पताल लगिएको थियो । अहिले उनको पार्थिव शरीरलाई टिचिङ अस्पतालमा नै राखिएको छ । 
 
उनले निर्देशन गरेको फिल्म 'हाउ फन्नी'ले व्यावसायिक सफलता हात नपारेपनि गीत-संगीत भने अझैपनि चर्चामा छन् । हालैमा फिल्म 'हाउ फन्नी'को 'शिरैमा शिरबन्दी' बोलको गीतलाई युट्युबमा करोडभन्दा बढी पटक हेरिएको छ । सरल स्वभाबकी निलु डोमा शेर्पाको निधनको खबरले नेपाली फिल्म क्षेत्र स्तब्ध भएको छ । 
 
प्राप्त जानकारी अनुसार, निलु लामो समयदेखि अस्वस्थ थिइन् । हिजो शुक्रवारमात्र उनी नायिका नीशा अधिकारीको विवाहमा पनि सहभागी भएकी थिइन् । उनले फिल्म 'सुनगाभा'मा मुख्य सहायक निर्देशकको रुपमा पनि काम गरेकी थिइन् भने फिल्म 'पुन्टे परेड'मा मुख्य भूमिका समेत निर्वाह गरेकी थिइन् । 
Most Visited News (monthly)