Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 3.43/5.00)
Text size:-
+
-

सय करोडमा अल्लू अर्जुनको फिल्म

एजेन्सी, मुम्बई, 2017/07/01
साउथ सुपरस्टार अल्लू अर्जुनको नयाँ तेलुगू एक्शन ड्रामा फिल्म ‘दुव्वादा जगन्नाधाम’ प्रदर्शनको एक हप्तामा सय करोड क्लबमा प्रवेश गरेको छ । फिल्मका निर्माताले शुक्रवार यसको औपचारिक जानकारी दिएका छन् । 
 
फिल्मको एक आधिकारिक पोस्टरमा फिल्म निर्माताहरुले केवल एक हप्तामा बक्स अफिसमा यो फिल्मले सय करोडभन्दा बढी विजनेश गरेको पुष्टि गरेका छन् । हरीश शंकर द्वारा निर्देशित फिल्ममा अर्जुन एक ब्राह्मण यूवकदेखि निगरानी समिति सदस्यको भूमिकामा प्रस्तुत भएका छन् । यो फिल्ममा पूजा हेगडे, राव रमेश, सुब्बाराज र मुरली शर्मा जस्ता कलाकारहरुको मुख्य भूमिका रहेको छ । देवी श्री प्रसादले यो फिल्मको गीतमा संगीत भरेका छन् ।  
 
अर्जुनको यो तेस्रो फिल्म हो, जून सय करोड क्लबमा प्रवेश गरेको छ । योभन्दा अगाडि उनको  ‘रेस-गुर्राम’ र ‘र्सैनोदू’ ले पनि सय करोडको विजनेश गरेको थियो ।  
 
Most Visited News (monthly)