Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'ट्यूबलाइट'ले कमायो सय करोड

एजेन्सी, मुम्बई, 2017/06/30

बलीउडका सुपरस्टार सलमान खानको फिल्म 'ट्यूबलाइट' सय करोड क्लबमा प्रवेश गरेको छ । फिल्मले उत्कृष्ट समिक्षा नपाएपनि प्रदर्शनको ६ दिनमा सय करोडको आँकडा पार गरेको हो । बिहीवारसम्म यो फिल्मले ११७ करोडको व्यापार गरेको छ ।

यो फिल्मले प्रदर्शनको पहिलो दिन २१.१५, दोस्रो दिन २१.१७, तेस्रो दिन २२.४५, चौंथो दिन १९.०९, पाँचौ दिन १२ करोड, छैठौं दिन ११ करोड र सातौं दिन १०.७५ करोडको विजनेश गरेको छ । सबै मिलाएर सात दिनमा यो फिल्मले कूल ११७.६१ करोडको व्यापार गरेको हो ।

यो फिल्ममा सलमान खानका अलावा ओम पूरी, जीशान अयूब, चीनी एक्ट्रेस झू झू र चाइल्ड एक्टर माटिन रे टेङगू मुख्य भूमिकामा छन् । यो फिल्ममा शाहरुख खानको पनि गेस्ट रोल छ । निर्देशक कबीर खानले यो फिल्मको निर्देशन गरेका हुन् ।

Most Visited News (monthly)