Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

निशाले कसिन् शरदसँग लगनगाँठो

फिल्मीखबर, काठमाण्डौ, 2017/06/30
नेपाली फिल्मकी नायिका निशा अधिकारीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित ब्याट्सम्यान शरद भेषवाकरसँग झ्यानाकुटी गरेकी छिन् । अहिले निशा र शदरको काठमाडौंका एक पाँच तारे होटलमा विवाह चलिरहेको छ । विवाह कार्यक्रममा निशा र शरदका सिमित आफन्तहरु मात्र उपस्थित छन् भने चलचित्रकर्मीहरुको पनि उपस्थिती निकै न्यून छ । 
 
नायिका निशा रातो बेहुलीको भेषमा सजिएकी छिन् भने शरदपनि ढाकाको दौरा सुरूवालमा चिटिक्क परेका छन् । उनीहरुले लामो समयदेखिको प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । केही दिन अगाडि फिल्मीखबर डटकमले निशा र शरद असारको दोस्रो हप्ता विवाह गर्न लागेको खबर प्रकाशन गरेको थियो । 
 
समाचारमा यो पनि उल्लेख गरिएको थियो कि नायिका निशालाई भेट गर्न शरद चितवनमा छायांकन भैरहेको 'पोखराकी कान्छी'को सुटिङ सेटमा पुगेका थिए । निशाले 'पोखराकी कान्छी'को बाँकी सुटिङ विवाहपछि गर्ने भन्दै काठमाडौं फर्किएकी थिइन् । 
 
 
नायिका निशा अधिकारी गएको वर्ष आफू अभिनित फिल्म 'जय परशुराम'रिलिजताका अमेरिका पुग्दा शरदसँग ब्रेकअप भएको हल्ला चलेको थियो । शरद र निशालाई धेरै पटक हात समात्दै सिनेमा हेर्न हल पुगेको देखि होटलमा सँगै डिनर गरेका तश्वीरहरु यसअघि नै मिडियामा आइसकेका छन् । 
 
ब्रेकअपको हल्लापछि भने यी दुई एकसाथ मिडियाको क्यामेरामा कैद भएका थिएनन् । केही दिन अगाडि मात्र यो जोडी स्वामी आनन्द अरुणको जन्मदिनको अवसरमा ओशो तपोवन पनि पुगेका थिए । 
 
'फिल्मीखबर डटकम' परिवार निशा र शरदलाई बैबाहिक जीवनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ । 
 
Most Visited News (monthly)