Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पोस्टर रिलिज गर्दै 'प्रेमगीत २' को कन्सर्ट सुरु

फिल्मीखबर, काठमाण्डौ, 2017/06/30
साउन १३ गतेलाई रिलिज कन्फर्म गरिएको यस वर्षको प्रतिक्षित फिल्म 'प्रेमगीत २' ले आफ्नो पब्लिसिटीलाई थप आक्रामक बनाउँदै लगेको छ । यसै क्रममा निर्माण पक्षले फिल्मका केही पोस्टरहरु सार्वजनिक गरेको छ । टौवा क्रिएसनले तयार पारेको सार्वजनिक पोस्टरले नायक प्रदीप खड्का र नव-नायिका अश्लेषा ठकुरीको प्रेमभाव बोल्छ । 
 
रामशरण पाठक निर्देशित यो फिल्मले देश दौडाहा थाल्नुअघि बिहीवार पोस्टर रिलिज गरेको हो । आजबाट सुरु हुने कन्सर्ट टुर तनहुँको दमौलीदेखि पोखरा, नेपालगंज हुँदै पूर्वी सहरतर्फ अघि बढ्नेछ । निर्माता सन्तोष सेन भन्छन्, 'फिल्मको प्रचार प्रसारलाई आक्रामक बनाउने क्रममा देशका विभिन्न ठाउँहरुमा कन्सर्ट आयोजना गर्न लागेका हौं ।'
 
१५ भन्दा बढीको टुर टिममा निर्माता सेनसहित निर्देशक रामशरण पाठक, नायक प्रदीप खड्का, नव-नायिका अश्लेषा ठकुरी लगायत छन् । झन्डै २ हप्ता चल्ने कन्सर्टमा कभर सङ विजेता र मोफसलका गायक-गायिकाहरुले 'प्रेमगीत २' का गीतहरु गाएर आफ्नो प्रस्तुती दिनेछन् । 
 
रामशरण पाठक निर्देशित फिल्म आशुसेन फिल्म्सको ब्यानरमा बनेको हो। 'प्रेमगीत २' मा प्रदीप र अश्लेषाका अलावा कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायतका कलाकारहरुको मुख्य भूमिका छ । 
 
फिल्ममा रेनेशा वान्तवा राईको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध, कल्याण सिंह, एलिस कार्की र रोहित जोन क्षेत्रीको संगीत छ । फिल्ममा नेपालका 'प्रेम' र म्यान्मारकी नेपाली यूवती 'गीत' बीचको प्रेम र उनीको जीवनमा आउने अनेकौं 'सुख दुःख'को पाटोलाई पर्दामा उतार्न खोजिएको निर्देशक पाठकले बताए । फिल्मको कथा निर्देशक पाठक आफैले लेखेका हुन् । 
 
Most Visited News (monthly)