.jpg)
यस वर्षको प्रतिक्षित फिल्म मध्येको एक फिल्म 'कारखाना'ले आफ्नो प्रदर्शन आरम्भ गरेको छ । 'मायाले बोलेको' गीत र ट्रेलरले नै बजारमा फिल्मले आफ्नो हाइप बनाइसकेको छ । आज शुक्रवारबाट प्रदर्शन आरम्भ गरेको यो फिल्मले मल्टिप्लेक्समा बलीउडस्टार सलमान खानको 'ट्यूबलाइट' र सिंगल हलमा अर्को नेपाली फिल्म 'कमिना'सँग भिडन्त गर्नु पर्नेछ । केही दिन अगाडि राजधानीमा आयोजित च्यारिटी शोमा 'कारखाना'ले उत्कृष्ट प्रतिक्रिया पाएको थियो ।
'होस्टेल रिर्टन्स'बाट नेपाली रजतपटमा भित्रिएका सुशील श्रेष्ठ र 'नाई नभन्नू ल २' बाट भित्रिएकी वर्षा सिवाकोटी अभिनित फिल्म 'कारखाना' लभस्टोरी र एक्सनप्रधान रहेको निर्माणपक्षको दाबी छ । फिल्ममा वर्षा र सुशीलका अलावा नविन लम्साल, जेविका कार्की, विकास उप्रेतीको अभिनय देख्न सकिन्छ।
विवाहको मण्डपबाटै भागेकी बेहुलीले त्यसपछि भोगेका र आइपरेका घटना र यात्रा दौरान जोडिने पात्रहरूसँगको अन्तरद्वन्द्वले निम्त्याउने समस्या र बाध्यतालाई फिल्मले समेट्न खोजेको बताइएको छ। दयाराम दाहाल, सुशील पोखरेल र अमरदीप सापकोटाको संयुक्त प्रयासमा लेखिएको पटकथालाई अमरदीपले नै निर्देशन गर्न लागेका हुन्।

