मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

निखिलको झुटो कुरा, 'रुद्र'मा खन्याए आफ्नै हिरोको पैसा

मनिष अन्जान, काठमाण्डौ, 2017/06/29
नेपाली फिल्म क्षेत्रमा लामो समयदेखि एउटा कुराले निकै ठूलो जरा गाडेर बसेको छ । फिल्ममा अभिनय गर्न सुरुमा लगानी गर्नुपर्छ । भर्खरै नेपाली फिल्ममा पाइला राख्न खोज्दै गरेका कलाकारहरुको हकमा यो कुरा बढी लागु हुन्छ । यौन शोषणदेखि पैसा खन्याएर कलाकार बनेको चर्चाले बेलाबखतमा नेपाली मिडियाहरु पनि खुबै तात्ने गर्छन । 
 
आज हामी यस्तै एक विषयमा कुरा गर्दैछौं, जसबाट हामी निखिलले बोलेको एउटा झुटको पर्दाफास गर्दैछौं । प्रशंग हो फिल्म 'रुद्र'को । यो फिल्म अर्को महिना अर्थात साउन १३ गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ । यो फिल्मबाट नव-नायिका सारा र नव-नायक विश्व शर्माले डेब्यू गर्दैछन् । २०७३ कार्तिक १ गते राजधानीमा फिल्म 'रुद्र' को घोषणा गरिएको थियो । 
 
घोषणा सभामा एक पत्रकारले निखिललाई प्रश्न गरेका थिए 'रुद्र'मा नयाँ कलाकारहरु हुनुहुन्छ । पैसा खन्याउन लगाएर कलाकार त बनाउन लाग्नु भएको होइन ? उनले उत्तर दिँदै भनेका थिए, 'कलाकारको लगानीको कुरा विस्तारै खुल्दै जान्छ । म आफ्नो कलाकारसँग कसरि पैसा मागुँ म आफै कलाकार हो । हिजोको दिनमा पनि मैले पैसा हालेर आएको होइन ।' 
 
उनले अगाडि थप्दै भनेका थिए, 'पैसा हालेर हिरो वा हिरोइन बन्ने अवस्था पनि हुन्छ होला । एउटा डाक्टर बन्नका लागि ४०-५० लाख खर्च गरिन्छ भने एक्टर बन्नका लागि चाहिँ किन नगर्ने ? तर, 'रुद्र'को हकमा त्यस्तो छैन । म त्यति ठूलो इन्भेस्टर होइन । विगतका दिनदेखि मैले फिल्म बनाए तर अरु कलाकारबाट पैसा लिएर बनाएको होइन । मैले 'रुद्र'मा पनि न विश्वबाट पैसा लिएको छु न त साराबाट नै । म आफैले 'रुद्र' बनाउँदै छु ।'
 
 
निखिलको यो कुरा सुनेपछि के स्पष्ट हुन्छ भने 'रुद्र'मा न साराको लगानी छ न त विश्वको नै । तर, हालैमा फिल्मको ट्रेलर रिलिज भयो । ट्रेलरमा के स्पष्टसँग लेखिएको छ भने विश्व शर्मा पनि फिल्मका निर्माता हुन् । फिल्म 'रुद्र'लाई निखिल उप्रेती प्रोडक्शन र विश्व प्रोडक्शन प्रा.लीले निर्माण गरेको हो । 
 
त्यसो भए के निखिलले झुट बोलेका थिए ? कि उनले नव-नायकलाई पैसा खन्याउन लगाएर फिल्म बनाएको आरोप लाग्ने डरले झुटको सहारा लिएका त थिएनन् ? अब यसको जवाफ त निखिल आफैले नै दिनेछन् । खबरका अनुसार, फिल्ममा विश्वको आधा लगानी छ । यो फिल्ममा निखिल पहिलो पटक भिलेन बनेका छन् ।