
'बाहुबली : द कन्क्लूजन'ले वर्ल्डवाइल्ड अहिलेसम्म करीब १७ सय करोडको कारोबार गरिसकेको छ । फिल्म चीनमा सेप्टेम्बरमा रिलिज हुँदैछ । आज हामी तपाईहरुलाई फिल्ममा बिज्जलदेवको भूमिका निर्वाह गर्ने कलाकार नस्सरको बारेमा केही जानकारी दिँदैछौं ।
फिल्ममा बिज्जलदेव उर्फ भल्लालदेवका पिताको भूमिका निर्वाह गरेका नस्सर साउथका चर्चित कलाकार, सिंगर र डाइरेक्टर हुन् । नस्सरले साउथसँगै केही बलीउड फिल्ममा पनि काम गरेका छन् । तर, उनको लाइफमा एक समय यस्तो थियो कि उनले होटलमा वेटरको काम गर्नु परेको थियो ।
चेम्गलपट्टु, तमिलनाडुमा ५ मार्च, १९५८ मा जमिएका नस्सरले आफ्नो स्कूलको पढाई सकाएपछि बाँकी अध्ययन गर्न मद्रास गएका थिए । मद्रास क्रिश्चियन कलेजबाट इन्टरमीडिएट गरेपछि उनले आफ्नो करिअरको सुरुआत एयरफोर्सबाट सुरु गरे । तर, उनले यो काम धेरै वर्ष गरेनन् ।
सुरुदेखि नै अभिनय फिल्डमा जान चाहन्थे थिए उनी । उनले साउथ इन्डियन फिल्म चेम्बर अफ कमर्स फिल्म इन्स्टीट्यूट र पछि तमिलनाडु इन्स्टीट्यूट फर फिल्म एन्ड टेलिभिजन टेक्नोलोजी ज्वाइन गरे । त्यहाँ उनले गोल्ड मेडल पाए ।
नस्सरले कमिलासँग विवाह गरे । उनका तीन छोरा छन् । नस्सरले अहिलेसम्म २ सयभन्दा बढी फिल्ममा काम गरिसकेका छन् । उनले 'उन्नल मुदियम थाम्बी', 'वाथियार वीट्टू पिल्लई', 'राजा कैया वाचा', 'सेवागन', 'पवित्रा', 'नरसिम्हा', 'थेनावा', 'थिरुथम', 'थलैवा' सहित धेरै सुपरहिट फिल्ममा काम गरेका छन् ।

