मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अब यूकेमा 'जात्रा'

फिल्मीखबर, काठमाण्डौ, 2017/06/29
गएको वर्ष प्रदर्शनमा आएको सुपरहिट फिल्म 'जात्रा' अब यूकेमा पनि प्रदर्शन हुने भएको छ । ३२ बक्स इभेन्ट आयोजक समुहले यूकेको २२ वटा शहरमा 'जात्रा' प्रदर्शन गर्न लागेको हो । ३२ बक्सका एलबिजेट गुरुङका अनुसार, स्यान्डहर्स्ट, योर्क, अल्डर्शट,आश्फोर्ड ,एडिन्बोरो ,फेल्थाम, स्विन्डन लगायतका विभिन्न ठाउँमा 'जात्रा' प्रदर्शन गरिनेछ । 
 
उनी भन्छन्, 'नेपालमा निकै रुचाइएको 'जात्रा' हेर्न यूकेमा बसोबास गर्ने नेपालीहरु पनि निकै उत्सुक छन् । यसैले पनि हामीले यूकेमा अधिकांश शहरहरुमा 'जात्रा' प्रदर्शन गर्न लागेका हौं ।' जून ३० देखि जुलाई ३ सम्म 'जात्रा' यूकेमा प्रदर्शन हुनेछ । 
 
रविन्द्रसिंह बाँनियाको निर्माण रहेको यो फिल्ममा विपिन कार्की, बर्षा राउत, रविन्द्र झा र निर्माता बाँनियाको मुख्य भूमिका रहेको छ । फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् ।