मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विद्यार्थीलाई झोला किन्न 'कारखाना'को च्यारिटी

फिल्मीखबर, काठमाण्डौ, 2017/06/29
यही शुक्रवारबाट अल नेपाल प्रदर्शनमा आउन लागेका वर्षा सिवाकोटी र शुशील श्रेष्ठ अभिनित फिल्म 'कारखाना'को बुधवार राजधानीको बागबजारमा रहेको सिटीम्याक्स सिनेमा हलमा च्यारिटी शो सम्पन्न भएको छ । सामाजिक सञ्जाल फेसबुकमा सक्रिय रहेका 'वुमन्स रुम रिलोडेड'ले आयोजना गरेको च्यारिटी शोबाट संकलन भएको रकमले काभ्रेको एक विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई ३२० झोला प्रदान गरिने कार्यक्रम संयोजक अनुष्का दाहालले जानकारी दिइन् । 
 
च्यारिटी शोमा फिल्मका मुख्य कलाकार शुशील र वर्षासँगै निर्देशक अमरदीप सापकोटा उपस्थित थिए । यस्तै, नायिका वर्षा राउत र उनका प्रेमी तथा नायक संजोग कोइराला पनि च्यारिटी शोमा सहभागी भएका थिए । प्रेमका लागि घरपरिवार छाडेर हिँडेकी एक यूवतीको संघर्षको कथा बोल्ने फिल्मलाई च्यारिटी शोमा उपस्थित सबैले निकै रुचाएका थिए । 
 
दयाराम दाहाल, सुशील पोखरेल र अमरदीप सापकोटाको संयुक्त प्रयासमा लेखिएको पटकथालाई अमरदीपले नै निर्देशन गर्न लागेका हुन्। फिल्ममा वर्षा र सुशीलका अलावा नविन लम्साल, जेविका कार्की, विकास उप्रेतीको अभिनय देख्न सकिन्छ।