मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 3.43/5.00)
Text size:-
+
-

'कृ' पोस्टरमा हेर्नूस् अनमोलको एङग्री लुक्स

फिल्मीखबर, काठमाण्डौ, 2017/06/28
झन्डै डेढ वर्षपछि नायक अनमोल केसी ठूलो पर्दामा आउँदैछन् । उनी अभिनित फिल्म 'कृ' यसै वर्षको कार्तिक ३ गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ । अल्छि नायकको रुपमा चिनिएका अनमोल आफ्नो क्यूटनेस मात्र बेचिरहेको चर्चा खुबै चल्ने गर्छ । तर, फिल्म 'कृ'बाट भने अनमोलले यी सबै कुरालाई गलत सावित गर्दैछन् । 
 
हालैमा निर्माणपक्षले सार्वजनिक गरेको फिल्म 'कृ'को पोस्टरमा अनमोललाई विल्कुलै फरक लुक्समा देख्न सकिन्छ । पोष्टरमा उनी सिक्स प्याक शरीर सहित देखिएका छन् । एक पोस्टरमा उनले एक हातमा घन लिएका छन् भने अनुहारमा क्रोध देखिन्छ । अर्को पोस्टरमा पनि उनि एक्शनमा देखिएका छन् । पोस्टरमा उनको लामो कपाल देख्न सकिन्छ । 
 
पोस्टर डिजाईनर बिजय बश्यालका अनुसार, अनमोलको फोटोमा कुनै पनि परिवर्तन गरिएको छैन । अनमोलको जस्तो शरीर हो त्यस्तै नै पोस्टरमा उतारिएको उनले बताएका छन् । पोस्टरबाट नै के अनुमान लगाउन सकिन्छ भने 'कृ' एक्शनप्रधान फिल्म हो । अनमोलले यो फिल्ममा आफैले स्टन्ट दिएका छन् । 
 
 
अहिले पनि यो फिल्मको छायांकन भैरहेको छ । फिल्ममा अनमोलसँग अदिती बुढाथोकीको जोडी बाँधिएको छ । यस्तै, नायक अनुप बिक्रम शाही 'कृ'मा भिलेनको रुपमा देखिनेछन् ।'कृ'मा अनमोलले अत्यन्तै राम्रो अभिनय गरको निर्देशक सुरेन्द्र पौडेल बताउँछन् । कसैले अपेक्षा गरेभन्दा धेरै गुणा राम्रो अभिनय देख्न पाईने पौडेलको भनाई छ । 
 
सुवास इन्टरटेन्मेन्टको निर्माण र सुपर काजोल फिल्मसको एशोसियशनमा बनिरहेको 'कृ'लाई सुवास गिरी र भुवन केसीले संयुक्त रुपमा बनाएका हुन् भने सह-निर्माताको रुपमा श्री पराजुली छन् । 'कृ'मा अनमोल, अदिती र अनुपका अलावा कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना, अमित गिरी, लक्ष्मी गिरी, सुदाम सिके लगायतका कलाकारहरुको अभिनय रहेको छ । 
 
यो फिल्मलाई ओभरसिजमा हाईलाइट्स नेपालले वितरण गर्नेछ भने काठमाण्डौमा सुवास इन्टरटेन्मेन्ट र उपत्यका बाहिर भेन्कटेस इन्टरटेनमेन्ट (मनोज राठी)ले वितरण गर्नेछन् ।