मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘दंगल’ ले कमायो २ हजार करोड

एजेन्सी, मुम्बई, 2017/06/28
बलीउडका मिस्टर परफेक्शनिस्ट आमिर खान अभिनित फिल्म ‘दंगल’ ले फेरि अर्को रेकर्ड बनाएको छ । फोर्ब्स म्यागजीनका अनुसार, 'दंगल' पूरै विश्वमा नै सबैभन्दा बढी दुई हजार करोडको विजनेश गर्ने भारतको पहिलो फिल्म बनेको छ । योसँगै 'दंगल' नन-इंग्लिश क्याटेगरीमा सबैभन्दा बढी विजनेस गर्ने पाँचौं फिल्म बनेको छ । 
 
चीनमा ‘दंगल’ ५ मेमा रिलिज भएको थियो, तबदेखि यो फिल्मले त्यहाँ धमाकेदार विजनेश गरिरहेको छ । आमिरको यो फिल्मले भारतमा पनि जर्बजस्त विजनेश गरेको थियो । घरेलू बक्स अफिसमा ‘दंगल’ ले ३८७ करोड भन्दा बढीको कारोबार गरेको थियो । ‘दंगल’ आमिरको दोस्रो र भारतको पाँचौं फिल्म हो, जसले घरेलू बक्स अफिसमा ३ सय करोडभन्दा बढी कारोवार गरेको छ ।