Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'डान्स कप युएसए'को निर्णायकमा केकी छनौट

फिल्मीखबर, काठमाण्डौ, 2017/06/28
अमेरिकामा आयोजना हुने लागेको 'मेरो डान्स कप युएसए २०१७' सिजन-२ को निर्णायकमा नायिका केकी अधिकारीलाई छनौट गरिएको छ । एमडिसी नामबाट परिचित यो कार्यक्रम गत अप्रिल २८ देखि सुरु भएको हो । आयोजकले दिएको जानकारी अनुसार, एमडिसी युएसए २०१७ नृत्य प्रतियोगिताका निर्णायकहरूमा नायक दिलीप रायमाझी, डीबी गुरुङ तथा मञ्जु भुजेल रहेका थिए । 
 
निर्णायक मध्येका प्रमुख निर्णायक नायक दिलिप रायमाझी नेपाली फिल्ममा व्यस्त भएका कारण उनको ठाउँमा नायिका केकी अधिकारीलाई नियुक्त गरिएको हो । नायिका केकी अधिकारी जुलाईको पहिलो हप्तामा अमेरिका पुग्नेछिन् । उनी नेपालबाट नभई बेलायतबाट अमेरिका पुग्ने आयोजकले जानकारी दिएको छ । 
 
मेरो डान्स कप युएसए २०१७ को कार्यक्रम तालिका अनुसार, शृंखला ६ देखि मतदान र प्रत्यक्ष चयन जुलाई ८ तारिख देखि हुनेछ ।  जुलाई २८ तारिखमा उत्कृष्ट ५ जना मतदानद्वारा छनौट हुनेछन् भने अगस्त १२ तारिखमा प्रथम देखि पाँचौ स्थानसम्म विजेताको नाम घोषणा गरिने बताइएको छ । ग्रान्ड फिनाले भने अगस्त १२ तारिख शनिबार अमेरिकाको ओहायोमा हुनेछ ।
Most Visited News (monthly)