मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यी फ्लप एक्टरका कारण शाहरुख बनेका थिए सुपरस्टार

एजेन्सी, मुम्बई, 2017/06/27
शाहरुख खानले फिल्म इन्डस्ट्रीमा २५ वर्ष पूरा गरिसकेका छन् । उनको पहिलो फिल्म 'दीवाना' २५ जून, १९९२ मा रिलिज भएको थियो । सुपरहिट यो फिल्ममा शाहरुख खानसँग एक्ट्रेस दिव्या भारती र एक्टर ऋषि कपूर थिए । यो फिल्मको सफलतापछि शाहरुखले आफ्नो करिअर पछाडि फर्किएर हेर्नु परेन । 
 
तर, कमै व्यक्ति मात्र जान्दछन् कि उनलाई सुपरस्टार बनाउन कसको सबैभन्दा ठूलो हात छ । खासमा, डाइरेक्टर राज कंवरले फिल्ममा शाहरुखले निर्वाह गरेको भूमिका पहिला एक्टर अरमान कोहलीलाई अफर गरिएको थियो, जसको गन्ती अहिले सुपरफ्लप स्टार्समा हुने गर्छ । 
 
अरमानले फिल्मको पहिलो शेड्यूलको शूटिङ पनि पूरा गरेका थिए । तर, अचानक उनले फिल्ममा काम गर्न अस्वीकार गरे । त्यसपछि डाइरेक्टरले यो रोल शाहरुख खानलाई अफर गरे, जो त्यसबेला इन्डस्ट्रीमा कामको खोजीमा थिए । फिल्म 'दीवाना' मा काम गरेपछि शाहरुख खान सुपरस्टार बने भने अरमान कोहलीको गन्ती अहिले सुपरफ्लप एक्टरमा हुने गर्छ ।