मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

पल र पूजाको हातमा हतकडी किन ?

फिल्मीखबर, काठमाण्डौ, 2017/06/27
अहिले नेपाली सिनेवृतमा चर्चा छ त फिल्म 'म यस्तो गीत गाउँछु'को जोडी पल शाह र पूजा शर्माको । ट्रेलर र दुई गीतबाट दर्शकहरुको मनमा अहिले अनेकौ प्रश्नहरु उब्जिरहेका छन् । गीतमा देखिएको पल र पूजाको रोमान्स र ट्रेलरमा देखिएको विछोडको कथाले दर्शकहरु रनभूलमा परेका छन् । अझ ट्रेलरमा पल र पूजाको हातमा हतकडी देखिएपछि त झन 'म यस्तो गीत गाउँछु'को प्रतिक्षा जो कोहिँलाई छ । 
 
हालैमा फिल्मको पोष्टरहरु बाहिरिएका छन् । पोष्टरले पल र पूजाको प्रेमभाव बोल्छ । फिल्मको एक पोष्टरमा पल र पूजाको हातमा हतकडी लगाइएको छ । सुदर्शन थापाले यो फिल्मको निर्देशन गरेका हुन् । फिल्म ‘मेरो एउटा साथी छ’ देखि ‘प्रेमगीत’सम्म आइपुग्दा निर्देशक सुदर्शन थापा लभस्टोरी फिल्म निर्देशन गर्न माहिर देखिएका छन् । 
 
'पल र पूजाको हातमा हतकडी किन ?' भन्ने विषयमा निर्देशक सुदर्शनले भने–'फिल्मको कथा अगाडि बढ्दै जाँदा पल र पूजाको हातमा हतकडी लगाइएको दर्शकले देख्नुहुनेछ । यसैका लागि पोष्टर पनि सोही अनुसार तयार पारिएको हो ।'
 
 
फिल्ममा पूजा र पलका अलवा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, विक्रम सेन, अर्जुन गुरुङलगायत कलाकारको अभिनय रहेको छ । सञ्जय लामाको छायांकन रहेको फिल्ममा प्रितम पाण्डेको सम्पादन छ । निर्देशक सुदर्शन थापाले दिनेश न्यौपानेसँगको सहकार्यमा पटकथा लेखेको हुन् । यो फिल्मलाई सुदर्शन र पूजाले संयुक्त निर्माण गरेका हुन् ।