मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

सुनिल थापा 'शेरबहादुर' बन्ने, कर्मा र मेनुकाको जोडी बाँधियो

फिल्मीखबर, काठमाण्डौ, 2017/06/27
नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको नाममा नेपाली फिल्म निर्माण हुने भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म 'शेरबहादुर'को शुभ मुर्हुत गरियो । फिल्मका निर्माता गौरशंकर धुजुले 'शेरबहादुर' प्रधानमन्त्री शेरबहादुर देउवाको जीवनमा आधारित फिल्म नभएको बताए । उनले भने, 'शेरबहादुर नामको एक पात्रको जीवनमा घट्ने घट्नाहरुलाई पर्दामा उतार्न लागेका हौं ।' 
 
फिल्मको शुभ मुर्हुत गर्दै हास्यकलाकार हरिवंश आचार्यले चलचित्र भनेको चल्नकै लागि निर्माण हुने भएका कारण 'शेरबहादुर' पनि हलमा राम्रोसँग चल्नेमा विश्वस्त रहेको बताए । फिल्ममा 'राते काईला' उर्फ सुनिल थापाले 'शेरबहादुर'को भूमिका निर्वाहा गर्दैछन् । 
 
सुनिल थापा भन्छन्, 'मलाई आजसम्म 'राते काईला' र मेरी कोममा निर्वाहा गरेको बक्सर गुरुको नामले चिन्ने गर्छन् अब 'शेरबहादुर' रिलिज भएपछि मलाई यो नामले पनि चिन्नेछन् ।' उनले 'शेरबहादुर' गर्नका लागि आफू मुम्बईबाट नेपाल आएको पनि बताए । 
 
फिल्ममा सुनिल थापाका अलावा कर्मा शाक्य, मेनुका प्रधान, रविन्द्र झा लगायतका कलाकाहरुको मुख्य भूमिका रहेको छ । १० प्रतिशत मात्र आउट डोरमा खिचिने यो फिल्मको बाँकी छायांकन एउटा भव्य सेट खडा गरेर खिचिने निर्देशक आर राजवंशीले जानकारी दिए । फिल्ममा  धिरज राजवंशीको पनि लगानी रहेको छ । 
 
तश्वीर : कमल प्रसाई